पोखरा ११ टाइब्रेकरको शिकार, राजदल गण भीमाद कपको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) – कर्ण लिम्बुको ह्याट्रिकमा जलजला झापा तेस्रो भीमाद कपको सेमिफाईनलमा प्रवेश गर्दा विष्णुपादुका क्लब हेमजा पोखरा फर्किएको छ ।

युवा क्लब भीमादको आयोजनामा स्थानीय खेल मैदानमा आयोजित क्वार्टरफाईनल खेलमा झापाले विष्णुपादुकालाई ३—१ गोलले पराजित गर्दा लिम्बुले ह्याट्रिक गरेका हुन् । प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा लिम्बुले १८, ३५ र ४४ औं मिनेटमा गोल गरेका थिए । एकपछि अर्को गोल खेप्दै दवाबमा रहेको विष्णु पादुकाले ५७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो । तर ढिला भईसकेको थियो । ह्याट्रिक गरेका लिम्बु म्यान अफ दि म्याचको हकदार बने ।

यसैगरी दोस्रो खेलमा पोखरा ११ राजदल गणसित टाइब्रेकरमा पराजित हुदैं बाहिरिएको छ । निर्धारित समय र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा ४—३ गोलले पराजित गर्दै राजदल गण खैरेनी सेमिफाईनल प्रवेश गरेको हो । राजदलका लागि प्रविन श्रेष्ठ, मिलन कुमाल, दिपेन्द्र चौधरी, सुविन भण्डारीले गोल गरे । पोखरा ११ का लागि अन्जन देवकोटा, हरि गुरुङ, बेत थापाले गोल गरे । रमेश मगर र सन्जय बुढाथोकीको प्रहार सेभ हुन पुग्यो ।