पोग्बाको नायकत्वमा युनाईटेडको कमब्याक, सिटी पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


एजेन्सी— म्यानचेष्टर डर्बीमा दोस्रो हाफमा उत्कृष्ठ कम व्याक गरेको म्यानचेष्टर युनाईटेडले म्यानचेष्टर सिटीविरुद्ध महत्वपूर्ण जित निकाल्दै सिटीलाई उपाधिको लागि केही पर धकेलिदिएकोछ ।

पहिलो हाफमा दुईगोलले पछि परेको अवस्थालाई उल्टयाउँदै युनाईटेडले पोउल पोग्बाको प्रेरणादायी खेलमा ३—२ गोलले पराजित गर्दै म्यानचेष्टर डर्बीमा आफनो छविलाई कायमै राख्यो । लीग लीडर सिटीलाई पराजित गर्दै जोसे मोरिन्होले फेरी एक पटक आफनो क्षमतालाई सिद्ध गरेका छन् । सिटीकै मैदान इत्तिहाडमा युनाईटेडले रोमाञ्चक नजितासँगै जित आत्मसात गर्यो । सिटीले भने युनाईटेडलाई पराजित गर्दै किर्तिमानीसहितको उपाधि उचाल्ने लक्ष्यमा थियो । जुन गएराती असफल हुन पुग्यो ।

२५ औं मिनेटमा भिसेन्ट कोम्पनीले शुरुवाती गोल गर्दै सिटीलाई अग्रता दिलाए । लिरोय सानेको क्रस पासमा कमै कोम्पनीले हेडिङ गर्दै गोल गरेपछि सिटीका समर्थकले उपाधि उचाल्ने बाटो खुला हुदै गएको संकेत देखेका थिए । ३० औं मिनेटमा ईके गण्डोगानले रहिम स्टेरलिङको पासमा गोल गर्दै सिटीलाई पहिलो हाफ २—० को अग्रता दिलाउँदै युनाईटेडमाथि पूर्ण दबाव बनाई छाड्यो ।

दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युनाईटेड खेलमा फर्कियो । एण्डर हेरेराको पासमा पाउल पोग्बाले पहिलो गोल भने ५३ औं मिनेटमा गरे । च्याम्पियन्स लिगमा सेभिल्ला विरुद्धको खेलमा बेन्चमा रहेका पोग्बाले पछिल्लो समय बेन्चमै बिताउँदै आएका छन् । दोस्रो रोजाईमा पर्दै दोस्रो हाफदेखि नै उनले खेल्ने अवसर पाउँदै आएका छन् । तर हिजो भने उनी पहिलो रोजाईबाटै मैदानमा छिरेका थिए ।

५५ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई सम्भावित हारबाट जोगाउँदै बराबरी तर्फमा ल्याईपुर्याए । एलेक्स सान्चेजले दिएको थ्रो बललाई सदुपयोग गर्दै उनले हानेको हेडिङ बल पोष्टभित्र छिरेपछि युनाईटेड खेलमा फर्किदाँ सिटीले उपाधि लक्ष्य लगभग गुमाउँदै अर्को खेलसम्म कुर्नुपर्ने बाध्यता बन्यो । ६९ औं मिनेटमा एलेक्स सान्चेजले दिएको क्रसपासमा एकान्तमा रहेका क्रिस स्मलिङले सदुपयोग गर्दै गोल गरेपछि युनाईटेडले महत्वपूर्ण जित निकाल्न प्रयाप्त बन्यो ।

८३ औं मिनेटमा सिटीका फावियन डेल्पलेले डिबक्सभित्र उपलब्ध गराईदिएको पासलाई ग्रावियल जेससले खेर फालेपछि बराबरीको अवसर चुक्यो । जेससले नै सर्जिओ अगुईरोको पासमा फेरी एक पटक पोष्टमा हान्ने अवसर पाएपनि बीचैमा ब्लक हुदाँ त्यो अवसरबाट पनि बन्चित हुदाँ हारबाट जोगिन सकेन् ।

घरेलु मैदानमा सिटीका अगुईरोले ८९ औं मिनेटमा लिरोय सानेको पासलाई सदुपयोग गर्दै हानेको हेडिङ युनाईटेडका गोलकिपरले बचाउ गरेका थिए । खेलको इन्जुरी समयमा समेत सिटीका कोम्पनीले केभिन डि ब्रुनेको पासलाई पोष्टमा प्रहार गरेपनि आकासिएपछि सिटी युनाईटेडसँग पराजको संघारमा पुग्यो ।