प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्ड शुरु, स्याङजाकी जमुनालाई दुई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पोखरा रंगशालामा शुरु भएको छ । प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका स्माइल भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरेका हुन् । नवलपरासीका सुनिल बिनले रजत पदक जिते । दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदकमा चिक्त बुझाए ।
छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले २ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक प्राप्त गरिन भने गोर्खाकी गंगा श्रेष्ठले २ मिनेट ४९.१ मिनेटमा पुरा गर्दै रजत र पर्वतकी अष्मिता पौडेल २ मिनेट ५१.२ सेकेण्ड लगाउँदै काश्य पदक ल्याइन । छात्रतर्फको ८ सय मिटर दौडमा कास्कीका बिबेक अधिकारीले २ मिनेट १२.९ सेकेण्डमा पुरा गर्दै स्वर्ण, लमजुङ्गका प्रकाश नेपालीले २ मिनेट १३.७ सेकेण्डमा पुरा गरी रजत र गोर्खाका अनिल गुरुङले २ मिनेट १४.९ सेकेण्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरे ।
छात्र रिले तर्फ नवलपरासीले स्वर्ण, कास्कीले रजत र तनहुँले काश्य पदक जितेका छन् । छात्रा तर्फ कास्कीले स्वर्ण, स्याङजाले रजत र म्याग्दीले काश्य पदक प्राप्त गरेको छ । एथलेटिक्सको छात्र सटपुट थ्रो तर्फ लमजुङका शरद कुमालले स्वर्ण पदक आफनो नाममा लेखाए । नवलपरासीका बिबेक महतोले रजत र कास्कीका दिपक थापाले काश्य पदकको हकदार भए । छात्रा सटपुटमा कास्कीकी सोनु नेपालीले स्वर्ण पदक जित्दा लमजुङकी ममता घलेले रजत र तनहुँकी अनु सुनारीले काश्य पदक जितिन् ।
आइतबार नै सम्पन्न छात्र हाइजम्प तर्फ पर्वतका समुन्द्र नेपाली १.६५ मिटर उफ्रिदै स्वर्ण पदक जित्न सफल भए । लमजुङका बिकास थापाले १.६३ मिटर जम्प गर्दै रजत र नवलपरासीका समिर महतोले १.६० मिटर जम्प गर्दै काश्य पदक ल्याए । छात्रा हाइजम्पमा गोर्खाकी सुष्मिता पन्तले १. ३५ मिटर जम्प गरी स्वर्ण, कास्कीकी कुशुम राना मगरले १.३३ मिटर जम्प गरेर रजत र पर्वतकी रिना कुवँरले १.३० मिटर जम्प गर्दै काश्य पदक ल्याइन ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफि सहित पुरस्कार प्रदान गरिने छ । विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
कराते, तेक्वाण्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी खेलमा प्राप्त स्थान मेडलका आधारमा प्रदान गरिने कुल स्वर्ण पदक मध्ये सबैभन्दा बढी ल्याउन सफल हुने जिल्लाले यस वर्षको प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड उचाल्ने छ । भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरि कुल १ सय १७ पदकमा प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले आगामी बर्षबाट प्रदेश ४ मा खेलकुद पूर्वाधार बिकासका कामहरु सुरु गर्ने बताएका छन । मुख्यमन्त्री गुरुङले खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन केन्द्र सरकारसंग मिलेर काम सुरु गर्ने बताए । उ