एजेन्सी- इंिग्लस प्रिमियर लिगको निकै महत्वपूर्ण मानिएको चेल्सी र टोटनह्याम हट्सपर बीच्को खेल आईतबार बिहान हुदैं छ । यी दुई बीचको प्रतिस्पर्धा यो साताकै उत्कृष्ठ हुने प्रश्नमा कसैको दुईमत नै छैन् । आज चेल्सीले आफनो घरेलु मैदानमा टोटनह्यामलाई स्वागत गर्दै छ । भिडन्तमा निस्किएको नतिजाले प्रिमियर लिगको चौथो स्थानको सुरक्षा हुने सम्भावना बलियो बनाउन सक्छ ।
प्रिमियर लिगको शीर्षस्थानमा म्यानचेष्टर सिटी (८१) छ । दोस्रोमा म्यानचेष्टर युनाईटेड(६छ) छ । तेस्रो स्थानमा लिभरपुल(६३) छ । चौथो स्थानमा टोटनह्याम छ । पाँचौमा चेल्सी रहेको छ । दुवैले समान ३० खेल खेलिसकेका छन् । लिभरपुलले मात्रै ३१ खेल खेल्दै तेस्रो स्थानमा छ । आईतबार विहानको भिडन्तसँगै जितले चेल्सीलाई पाँचौ स्थानमै रहने छ । चेल्सी ५६ अंक छ भने टोटनह्याम ६१ अंक छ ।
चौथो स्थानको लागि प्रतिस्पर्धाले दुवैलाई निकै महत्वको रुपमा हेरेका छन् । प्रिमयिर लिगमा चौथो स्थानमा रहने टोलीले आगामी सिजन च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने छन् । जुन उपहारको रुपमा हेरिने गरिन्छ । गत वर्ष आर्सनल चौथो स्थानबाट तल झर्दै च्याम्पियन्स लिग खेल्ने अवसरबाट बन्चित हुन पुगेको थियो ।
न्युक्यासल युनाईटेडले २००१-००२ को सिजनमा च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको थियो ।
चेल्सीका समर्थकको लागि यो खेल निकै ऐतिहासिक हुने छ । यो सिजन चेल्सी च्याम्पियन्स लिगको दौडमा छैन् । टोटनह्याम भने युभेण्ट्सँग पराजित भएको थियो । बर्तमान प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिगको क्र्वाटरफाईनलमा प्रिमियर लिग लीडर म्यानचेष्टर सिटीसँग खेल्दै छ ।
चेल्सीले टोटनह्यामलाई पराजित गर्दै तीन अंक जोडेको अवस्थामा उसलाई शीर्ष चारभित्र रहन सहज हुने सम्भावना देखिन्छ । यद्यपी लिग चरणका पाँच पाँच खेल भने खेल्नै बाँकी छ । लिभरपुलले क्रिष्टियल प्यालेससँग खेल्ने छ । म्यानचेष्टर युनाईटेडले स्वान्सी सिटीसँग खेल्ने छ । सन २००३-००४ का सिजनमा लिभरपुल र न्युक्यासल चौथो र पाँचौ स्थानमा रहेका थिए ।