बाग्लुङ र म्याग्दीमा मुवाथाई संघ गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज—नेपाल मुवा थाई संघले बिहीबार म्याग्दी जिल्ला मुवाथाई संघ गठन गरिएको छ । नेपाल मुवााथाई संघका केन्द्रीय उपाध्यक्ष दिपकबहादुर गोदारको उपस्थितिमा सुनिल श्रेष्ठको अध्यक्षमा ९ सदस्यीय म्याग्दी जिल्ला मुवाथाई संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा साजन फगामी, सचिवमा मनोज गौचन, कोषाध्यक्ष सोनिया पुन रहेका छन् । यसैगरी सदस्यहरुमा मनिता गौचन, विजय श्रेष्ठ, मिलन पाईजा, करण रुम्जाली र सुरेश पुन(गर्वुजा) छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्नमान श्रेष्ठ समेत उपस्थिति थियो ।

यसैगरी बाग्लुङ जिल्ला मुवाथाई संघ समेत गठन गरिएको छ । बाग्लुङ मुवा थाई संघको अध्यक्षमा सुजन लामिछाने, उपाध्यक्षमा महेन्द्र खड्का, सचिवमा हरि पौडेल, कोषाध्यक्ष कामना पुन रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक थापा, जिन्दगी थापा, तुलबहादसर थापा, सुरज छन्त्याल, निर्मल थापा र कमला कुँवर रहेकी छिन् ।