बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्र्वाटरफाईलनमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०७५ मा प्रकाशित


एजेन्सी- जर्मनी क्लब बार्यन म्युनिखलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्र्वाटरफाईनल प्रवेश गरेको छ ।

लिभरपुलका लागि सादियो मानेले विर्सनलायक खेल प्रस्तुत गर्दै जित सुनिश्चित बनाउँदै अन्तिम आठमा प्रवेश गर्यो । मानेले २६ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई उनले व्यक्तिगत दोस्रो गोल भने ८४ औं मिनेटमा थपे ।

पहिलो हाफमा मानेले बनाएको अग्रता बार्यनले उपहार गोलसँगै बराबरीमा चित्त बुझायो । निकै प्रतिस्पर्धात्मक बन्ने होडमा देखिएको खेलको ३९ औं मिनेटमा जोय माटिभले लिभरपुलकै पोष्टमा आत्मघाती गोल गरेपछि वार्यनले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । मानेलाई पहिलो गोलको असिष्ट भने भर्जिल भान डिकले उपलब्ध गराएका र्थि ।

बराबरीले रोमाञ्चक बनेको खेलमा लिभरपुलले आफनो अग्रतालाई फेरी बढाउने क्रममा भर्जिल भान डिकले ६९ मिनेटमा गरे । उनले जेम्स मिल्नरको कर्नर पासलाई उपयोग गर्दै हानेको हेड बल गोलमा परिणत भएपछि अग्रता बनायो । मानेले लिभरपुलको लागि तेस्रो भने मोहम्मद सलाहको कर्नर नजिकैबाट दिएको पासलाई उपयोग गर्दै गोल गरेपछि लिभरपुलले जितको आत्मसात गर्यो ।