भोलिदेखि प्रिक्र्वाटरफाईनलका खेल हुदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-फूलबारी क्लब, बुद्धटोल यूवा क्लब, संगम एफसी, मसिना एफसी, तारा एफसी र एलजी एकेडेमी पोखराको अमरसिंह चौरमा आयोजित दोस्रो किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रिक्वार्टर फाईनलमा प्रवेश गरेका छन् ।

शितल ज्योती यूवा क्लबद्वारा आयोजित फूलबारी क्लब व्लुले एलसी ब्रर्दशलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्यो । जितका लागि मिलन र सुविन गुरुङले एक–एक गोल गरे । बुद्धटोलले एबिसीलाई ३–२ गोलले पाखा लगाउने क्रममा राजन केसीले २ गोलर सुकबहादुर घलेले १ गोल गरे । एविसीका लागि सुदिप थापा र नयन कार्कीले एक–एक गोल फर्काए ।

यता संगम एफसीले एचडी ब्रर्दशलाई ४–० गोलले स्तव्ध पा¥यो । संगमका लागि दिपराज गुरुङले ह्याट्रिक गरे भने बिबेक गुरुङले एक गोल लेखियो । मसिना एफसी र फूलबारी बिच भएको खेल निर्धारित समयमा २–२ मा सकिएपछि भएको टाइब्रेकरमा मसिनाले फूलबारीलाई टाइव्रेकरमा ३–२ गोलले पाखा लगायो ।

तारा एफसीले के–सुब्बा मेमोरियललाई ५–२ गोल गर्दै जित दर्ता गराएको छ । ताराका लागि बिनोद गुरुङले ह्याट्रिक गर्दा गोबिन थापा र सुनिल बिकले समान एक–एक गोल गरे । के–सुब्बाका लागि साजन गुरुङ र गोबिन गुरुङले एक एक गोल फर्काए । जारी प्रतियोगितामा एलजी एकेडेमीले हेमजा युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । एलजीका लागि सृजन गुरुङ र विशन वानियाले एक–एक गोल गरे भने हेमजाका लागि विकाश गुरुङले एक गोल गरे ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०÷१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।