मनाङ माइभ्याली गोल्डकपको अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १० गते २०७५ मा प्रकाशित


इलाम(खेलाडी न्युज)- आयोजक माईभ्याली क्लबमाथि साँघुरो जित निकाल्दै लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब चौथो माईभ्याली गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ । अन्तिम चारमा प्रवेशको लागि मनाङले आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हरायो ।

पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल गरेका थिए । माईभ्यालीका तीर्थ बस्नेत खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

उनले १० हजार रुपैयाँ र चाँदीको पदक प्राप्त गरे । मनाङले अब सेमिफाइनलमा भारतको सिक्किम युनाइटेड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । माइभ्यालीको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।