युएई विरुद्धको एकदिवसीय र टी- २० खेल्न खेलाडी छनोट गरिदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जनवरीमा युएई विरुद्ध तीन खेलको एक दिवसीय सिरिज र तीन टी-२० को लागि यही जनवरी ९ देखि खेलाडी छनोट शुरु गरिने छ । क्याम्पको लागि प्रारम्भिक चरणका २० सदस्य टोली चयन गरिएको छ । ८ जनवरीदेखि क्लोज क्याम्पबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने छ ।

कप्तान पारस खड्का, अविनाश बोहरा, बसन्त रेग्मी, भीम सार्की, करण केसी, ज्ञानेन्द्र मल्ल, विक्रम शोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, ललित भण्डारी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप झोरा र सुशान भारी रहेका छन् ।

नेपाली टोलीले जनवरी २५, २६ र २८ तारिखमा एक दिवसीय खेल खेल्ने छ भने जनवरी ३१, फेब्रअरी १ र ३ मा भने टी-२० का खेल खेल्ने छ । छनोट टोलीको मुख्य प्रशिक्षक जगत टमाटा र आईसिसीका प्रतिनिधि अमिनुल इष्लाम रहेका छन् ।