यु–१८ आइटीएफ टेनिसमा डबल्स पुरुष तर्फ जापानीजलाई र महिला तर्फ चीनिया खेलाडीलाई उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय टेनिस महासंघ(आईटिएफ)मको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालामा आयोजित यु–१८ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधी जापानका जेनी इनोई र केइजु मियाकेको जोडीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इनताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानीज जोडीले उपाधी रक्षा गरेका हुन् ।

महिला डबल्सतर्फ चीनकी लि यु लियु र इतोङ्ग झाङको जोडीले उपाधि उचाल्यो । चीनकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले सहजै उपाधि आफनो लेखनाएका हुन् । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, भिजिट नेपाल वर्ष २०२० अन्तर्गत कार्यक्रम सम्पादन समिति सदस्य बिप्लव पौडेल लगायतले पुरस्कार वितरण गरे । संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए ।

पुरुष एकलतर्पm जापानका जेनी इनोई र भारतका उदयबिर सिंह फाइनलमा प्रवेश गरेका छन् । जेनीले भारतका इशान सेठ्ठीलाई ६–४, ७–६ ले तथा सिंहले भारतकै सार्थक सुदेनलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । महिला एकलतर्फ चीनकी लि यु लियु र भारतका रेन्नी सिंग्ला फाइनलमा पुगेका छन् । लियुले बुल्गेरियाका भिक्टोरिया भेलेभालाई ६–०, ७–५ ले तथा सिंग्लाले भारतका रिया बोभेजालाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । एकलतर्पmको फाइनल खेल शनिबार हुने टेनिस संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिएका छन् ।