रोनाल्डोको गोलमा युभेण्ट्सको कमब्याक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ११ गते २०७५ मा प्रकाशित


एजेन्सी-दोस्रो हाफमा कमब्याक गरेको युभेण्ट्सले इटालियन सिरीमा लिगको शीर्षस्थानमा फराकिलो अन्तर बनाउने क्रममा इम्पोलीलाई २-१ ले पराजित गरेको छ ।

इम्पोलीले पहिलो हाफको २८ औं मिनेटमा अग्रता लिदैं दिएको दबावलाई युभेण्ट्सले दोस्रो हाफमा बराबरी गोल गर्दै खेलमा फर्कियो । इम्पोलीका लागि फ्रान्सिस्को कापुटोलको गोल गर्दै दिलाएको अग्रतामा क्रिष्टियानो रोनाल्डोले ५४ औं मिनेटमा पाएको पेनाल्टीसँगै युभेण्ट्स बराबरीमा फर्किएको थियो ।

७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेण्ट्सलाई जितसँगै महत्वपूर्ण तीन अंक जोडे । इटालियन सिरीमा युभेण्ट्सले ७ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको नापोली भने २१ अंकमा छ ।