रोनाल्डो गोलमा युभेण्ट्स हारबाट जोगियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १२ गते २०७५ मा प्रकाशित


एजेन्सी-पराजयको संघारमा पुगेको युभेण्ट्लाई क्रिष्टियानो रोनाल्डोका गोलसँगै अपराजित यात्रालाई निरन्तरता दिएको छ । क्रिष्टियानो रोनाल्डोलाई आराम दिने योजनासहित बेन्चमा राखिएको थियो । तर एटलान्टाले २(१ गोलको अग्रता लिएको अवस्थामा दश खेलाडीमा सीमित युभेण्ट्सलाई अंक गुमाउनबाट रोनाल्डो जोगाउँदै अपराजित यात्रालाई भने कायमै राखे ।

दोस्रो मिनेटमा ओजी गोलबाट अग्रता लिएको युभेण्ट्स दोस्रो हाफको दशमिनेट वित्न नपाउँदै दश खेलाडीमा सीमित हुन पुग्यो । बेरात डिजिम्सीटीले आफनो पोष्टमा गोल गरेपछि यभुेण्ट्सले अग्रता लिएको थियो ।

तर अग्रता युभान जापाटाले २४ औं मिनेटमा गोल गर्दै एटलान्टालाई बराबरीमा राखे । ५३ औं मिनेटमा युभेण्टस दश खेलाडीमा सीमित हुन पुग्यो । रोड्रिगो बेन्टाकरले रातो कार्ड खाँदै मैदान बाहिरिएको तेस्रो मिनेटमै एटलान्टाले अग्रतालाई दोब्बर बनायो । ५६ औं मिनेटमा जापाटाकै गोलबाट अग्रता लिदाँ युभेण्ट्स अंक गुमाउने संघारमा थियो ।

तर ६५ औं मिनेटमा बेन्चबाट मैदानमा उत्रिएका रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । सामी खेडिराको स्थानमा मैदान छिरेका रोनाल्डोले ७८ औं मिनेटमा बराबरी गोल गर्दै युभेण्ट्सको इज्जतलाई इटालियन सिरी एमा बचाई राखे ।