रोहित शर्माको शानदार प्रदर्शनमा कोलकातामाथि मुम्बईको प्रभावशाली जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

साबिक विजेता मुम्बईले कोलाकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो।

हिटम्यानका रुपमा परिचित कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे ।

मुम्बईले पाँच विकेटको क्षतिमा १९५ रन बनाउने क्रममा कप्तान शर्माले ६ छक्का र तीन चौकाको सहयोगमा ५४ बलमा ८० रन बनाए । यस्तै सूर्यकुमार यादवले २८ बलमा ४७ रनको योगदान दिए ।

१९६ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रीत बुमराह र राहुल चाहरले दुई–दुई विकेट लिए ।