एजेन्सी—फा कपको चौथो चरणमा लिभरपुल बेष्टब्रुमसँग पराजित भएको छ । म्यानचेष्टर सिटीलाई प्रिमियर लिगमा पराजित गर्दै उत्साहित टोली केही दिनअघिमात्रै स्वान्सीसिटीसँग समेत पराजित भएको थियो । चौथो चरणको प्रतिस्पर्धामा बेष्टब्रुमले लिभरपुललाई ३—२ गोलले पराजित गरेको हो । आत्मघाती गोलले लिभरपुललाई डुबायो । पहिलो हाफकै इन्जुरी समयमा आत्मघाती गोल गरेपछि लिभरपुलले बराबरीको अवस्थाबाट हारको चरणमा प्रवेश गरेको थियो ।
मोहम्मद सलाहले हानेको बल रिफ्लेक्ट भएपछि खेलको ५ औं मिनेटमा रोबेर्टो फिर्मिनोले भली हान्दै लिभरपुललाई स्पष्ट अग्रता दिलाए । तर त्यो अग्रता केवल दुई मिनेट मात्रै रह्यो । रोय रोड्रिगुईजले ७ औं मिनेटमा गोल गर्दै बराबरी खेलमा लय समात्यो । ११ औं मिनेटमा उनले अर्को गोल थप्दै स्पष्ट दिलाउँदा ४५ प्लस २ मिनेटमा आत्मघाती गोल हुदाँ लिभरपुल हाफसम्म ३—१ को अवस्थामा पछि परेको थियो । लिभरपुलका जोयल माटिपले आत्मघाती गोल गरेका थिए ।
सलाहले खेलको ७८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने संकेत गरे । तर बेष्टब्रुमले लिभरपुलको चुनौतिलाई १२ मिनेटसम्म रोक्दै जित सुनिश्चित ग¥यो । लिभरपुलको बलमाथिको नियन्त्रण पनि ६९—३१ प्रतिशत थियो ।