लिर्बोन जेम्स चारवर्षको लागि लेकर्समा आबद्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १८ गते २०७५ मा प्रकाशित


एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिर्बोन जेम्सले लस एन्जलस लेकर्ससँग चारवर्षे सम्झौता गरेका छन् । चार वर्षको लागि उनले १५३.३ मिलियन डलरमा सम्झौता गरेक हुन् । केही समय अघिमात्रै उनको सम्झौता सकिएको थियो ।

उनले लेकर्सभन्दा अघि मियामी हिटसँग आवद्ध थिए । मियामीपछि उनी काभालियर्सबाट दुई वर्ष व्यवसायिक बास्केटबल खेले । उनले बास्केटबलको करियरमा नयाँ रेकर्ड समेत आफनो नाममा लेखाएका थिए । लिर्बोन जेम्सले आफनो करियरको चौथो पटक ४० अंकको स्कोर बनाउँदै अर्को किर्तिमानी लेखाएका छन् ।

४० अंकको स्कोरिंग गर्ने उनी एक्ला खेलाडी हुन् । गएको सिजनमा मात्रै उनले ४० स्कोर गर्दै १० स्कोरको लागि पास उपलब्ध गराएका थिए । जेम्सले नयाँ किर्तिमानी बनाउने क्रममा उनको पुर्व क्लब क्लेभेल्याण्ड काभालियर्सले टोरोन्टो राप्टर्सलाई १२८-११० स्कोरले पराजित गरेको थियो । जेम्सले उक्त खेलमा ४३ अंकको बास्केट गर्दै किर्तिमानी बनाए ।

एकै खेलमा सर्वाधिक स्कोर गर्ने किर्तिमानी भने जेम्स हार्डेनको नाममा छ । उनले डबल र त्रिपल प्वाइन्ट हान्दै एकै खेलमा ६० स्कोरिंग गरेका छन् ।