लेष्टरमाथि लिभरपुलको प्रतिस्पर्धात्मक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-इग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले लेष्टर सिटीलाई २–१ गोलले पराजित गर्दै अंक तालिकमा शीर्षस्थान कायम गरेको छ ।

सादियो मानेको गोलबाट लिभरपुलले लिएको अग्रतालाई दोस्रो हाफ हुनु अघि रोबर्टो फिरमिनोले अर्को गोल थप्दै लिभरपुललाई दुईगोलको अग्रता दिलाए । आन्द्रयुको पासमा मानेले गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफको सिटी फुक्नु अघि लिभरपुलले जेम्स मिल्नरको क्रसपासलाई सदुपयोग गर्दै फिरमिनोले गोल गर्न भ्याए ।

६३ औं मिनेटमा लेष्टरले गोल फर्काउँदै खेलमा फर्किने सम्भावना देखायो । रचिड घेजालले जेम्स म्याडिसनको पासमा गोल गर्दै लेष्टरलाई खेलमा फर्काउने कोशिस गरे । तर अर्को गोल फर्काउन नसक्दा लेष्टर लिभरपुलसँग हार स्वीकार्दै तीन अंक गुमायो ।