वोल्भरह्यामटनसँग युनाईटेड स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७५ मा प्रकाशित


एजेन्सी-आत्मघाती गोल र झण्डै आधा घण्टा भन्दा बढी समय दश खेलाडीले धान्नुपर्ने बाध्यतामा खेलेको म्यानचेष्टर युनाईटेडले अन्तत वोल्भरह्यामटनसँग २-१ गोलले स्तब्ध बन्न पुगेको छ ।

बुधबार साँभ भएको खेलमा कमव्याक गरेको वोल्भरह्यामटन भने आत्मघाती गोलले म्यानचेष्टर युनाईटेडलाई पराजित गर्न पर्याप्त बन्यो । पहिलो हाफमै लिएको अग्रतालाई युनाईटेडले जोगाउन सकेन कि अभागी समेत सिद्ध हुन पुग्यो ।

१३ औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । तर डियागो जोटाले २५ औं मिनेटमा बराबरी गोल गर्दै युनाईटेडमाथि हावी बन्ने संकेत देखायो । पहिलो हाफ एक एक गोलको बराबरीमा टुंगियो । तर दोस्रो हाफको केही मिनेटपछि नै युनाईटेड १० खेलाडीमा सीमित हुन पुग्यो ।

यस्ले योंगले ५७ आं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेपछि तनावमा देखिएको युनाईटेडले आत्मघाती गोलको उपहार वोल्भरलाई दियो । ७७ औं मिनेटमा चेरिस स्मालिंगले आत्मघाती गोल उपहार दिएपछि युनाईटेडले अप्रत्यासित हार व्यहोर्दै तीन अंक गुमाउदै अंक तालिकामा पाँचौ स्थानमा झरेको छ ।