सन्दीप लिए पपुवा न्युगिनीको तेस्रो विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको तेस्रो विकेटको झरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले दोस्रो ओभर बलिङ गर्ने क्रममा चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे ।

सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाएका थिए ।