समीरलाई सांग्रिला क्रिकेट क्लबद्वारा सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) दुई महिना अघि थाईल्याण्डमा सन्पन्न यु—१६ एशियन इष्र्टन टी—२० क्रिकेट प्रतियोगितामा उपाधि विजेता खेलाडी मेखबहादुर सेन(समीर)लाई सांग्रिला क्रिकेट क्लब पोखराले सम्मान गरेको छ । सांग्रिला क्रिकेट क्लबमा आवद्ध सेनलाई क्लबका अध्यक्ष दिपेन्द्र चन्द लगायत क्लबका पदाधिकारीले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

म्यान्मारसितको खेलमा सहभागिता जनाएका उनले तीन ओभरमा चार रन दिएर चार विकेट लिएका थिए । पोखरामा सञ्चालन भईरहेको दि युनाईटेड गोल्डमार्ट टी —२० क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबबाट प्रतियोगिता खेलिरहेका छन् । उनले हिजो दुई विकेट लिएका थिए । उनी पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षणरत छन् ।