साग महिला फुटबल, नेपाल र भारत स्वर्णका लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल र भारत स्वर्ण पदकका लागि भिड्ने भएका छन् । लिग बिजेता र उप–बिजेता बन्दै नेपाल र भारत फाइनलमा पुग्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेका हुन् । शनिबार भएको प्रतिष्ठाको खेलमा भारतले नेपाललाई १–० ले पराजित ग¥यो । यसअघिको खेलमा दुई २÷२ जित हात पार्दै नेपाल र भारतले फाइनल भिडन्त पक्का गरिसकेका थिए । शनिबारको खेल दुबैका लागि प्रतिष्ठाको लागि मात्रै थियो ।

पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा नेपालले भारतलाई कडा चुनौति दियो । यद्वपी खेलको १८ औं मिनेटमा खाएको गोल नै नेपालका लागि दुर्भाग्य बन्यो । भारतका लागि एनजी बाला देबीले निर्णायक गोल गरेकी हुन् । उनले डाङ्ग्मे ग्रान्सले प्रहार गरेको कर्नर किकमा हेडर गोल गरेकी हुन् ।

एकगोलको अग्रता लिएसँगै भारतले रक्षात्मक रणनीति अप्नायो । जसका कारण भारतले अन्य कुनै उल्लेखनीय मुभ बनाउन सकेन । एक गोल खाएपछि थप आक्रामक बनेको नेपालले बारम्बार आक्रमणको प्रयास ग¥यो । स्वर्ण पदकका लागि नेपाल र भारत मंसिर २३ गते सोमबार प्रतिष्पर्धामा उत्रिनेछन् । खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । Pic by Unish Grg