सुजलकोह्याट्रिक, मनाङ मस्र्याङ्दी तेस्रो मदन भण्डारी गोल्डकपको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७४ मा प्रकाशित


बुटवल(खेलाडी न्युज)भर्खरै कतारबाट फर्किएका विङगर सुजल श्रेष्ठले ह्याट्रिक गरेपछि मनाङ मस्र्याङ्दी क्लब बुटवलमा सञ्चालित तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा मनाङले साविक विजेता सुनौलो संगम युवा क्लबलाई ५–० ले हराउँदै उपाधि नजिक पुगेको हो । मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने थप दुई गोल अर्का स्टार मिडफिल्डर अन्जन बिष्टले गरे । उनले खेलको २६ औं, ५८ र ८९ औं मिनेटमा गोल गरेका थिए । दुई गोल अञ्जन विष्टले खेलको ३१ औं र ६५ औं मिनेटमा गरे । अनुभवी खेलाडि संग प्रतिस्पर्धा गरेको सुनौलो संगमले केही महत्वपुर्ण अवसर पाएपनि गोलमा परिणत गर्न भन सकेन । खेलमा ह्याट्रिक गरेका मनाङका सुजल म्यान अफ द म्याच घोषित भए ।

फाईनलमा अब आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार बीचको विजेतासँग उपाधिको लागि खेल्ने छ । हिजोको थी स्टार र आयोजक बीचको खेल हावाहुरीसहित असिना पानी परेपछि स्थगित हुन पुगेको थियो । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ ।