स्कटल्याण्डसँग नेपाललाई बदला लिने मौका

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—भोलि मार्च ८, नेपालले विश्वकप क्रिकेट छनोट अन्तर्गत स्कटल्याण्डसँग दोस्रो खेल खेल्दै छ । तीन वर्ष अघि स्कटल्याण्डसँग भोगेको पराजयको बदला लिने अवसर समेत नेपालले पाएको छ ।

सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् । २३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल केवल पाँच विकेटको क्षतिमा २३२ रनमै समेटिएर तीन रनले हार स्वीकारेको आईसिसीको तथ्यांकले देखाउँछ । त्यतिबेला नेपाल विरुद्ध प्रिस्टन मोम्सेन्सले ७८ र कन डि ल्याङ्गेजले ५५ रन नटआउट हिर्काएका थिए ।

तीन वर्षपछि विश्वकप छनोट अन्तर्गत उही स्कटल्याण्डसँग जिम्बावेमा भिड्दै छ । जिम्बावेसँग ११६ रनले पराजित भएको नेपालले निकै सुधारिएको व्याटिङ गरेको थियो । अफगानिस्तान समेत जिम्बावेसँग दोस्रो खेल खेल्दै २ रनले हारिसकेको अवस्थामा नेपालको लागि भने स्कटल्याण्डसँगको खेल निकै महत्वपूर्ण छ । स्कटल्याण्डलाई पराजित गर्न सकेको अवस्थामा नेपालले सुपरसिक्सको सम्भावना बलियो बनाउन सक्ने छ ।

नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । तस्वीर फाईल