स्वास्थ्य, बातावरण र पर्यटनको लागि ‘टुर दि पोखरा’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विहानै उठेदेखि ध्वनी प्रदुषण शुरु हुन्छ । धुलो र धुवाँले स्वासप्रश्वासमा समस्या बढाउँछ । बातवारणीय प्रदुषण बढ्दै गएको छ । जीवन रोगमय बन्दै गएको छ । शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यसहित पोखरामा टुर दि पोखरा हुदैैं छ ।

विशेष गरी टुर दि पोखराले जीवन स्वास्थ्यकरमात्रै नभई बातावरणीय संरक्षण अभियानको एउटा पाटोको रुपमा रहेको रहेको साईक्लिङ संघ कास्कीले जनाएको छ । झण्डै सय २० वर्ष पुरानो इतिहास छ । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई आत्मसात गर्दै पोखरामा पनि टुर दि पोखराको चौथो सस्करणलाई निरन्तरता दिदैं आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

साईकल सिटीको आयोजनामा चौथो पटक टुर दि पोखरा(साईकल र्याली) हुदैं छ । आउँदो शनिबार टुर दि पोखरालाई नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसले सहकार्य गरेको संयोजक तथा साइकल सिटीका अध्यक्ष प्रकाश बज्रचार्यले जानकारी बताए । आयल निगमसँगै साइक्लिङ संघ कास्कीले पनि सहयोगी भूमिका खेल्ने छ ।

पोखरा रंगशालाबाट सुरु हुने ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, ढिकालेथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, सिम्पानी, हरिचोक, बागलुङ हाइवे, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक पुन रंगशालामा पुग्नेछ । रंगशालामा साईलिष्टहरुले आफनो प्रदर्शन समेत देखाउने छन् ।

‘स्वास्थ्य प्रतिको सचेतना, बढ्दो सवारीप्रयोगले निम्त्याएको प्रदुषण र पेट्रोलियन पदार्थको खपत गर्दै बातावरण संरक्षण गर्ने अभियानका साथ टुर दि पोखरा आयोजना गरिएको हो ।’ साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने । संघले दैनिक एक घण्टा साईकल चढ्नुपर्नेमा जोड दिदैं आएको छ । इन्धनको खपतमा न्युनिकरण गर्दै पर्यावरण जोगाउनुपर्ने दायित्व भएको उल्लेख गर्दै उनले साईकल चढौं स्वास्थ्य बनौ भन्ने नारालाई टुर दि पोखरा मार्फत सार्थकता बनाउने विश्वास व्यक्त गरे ।

साईकल सिटी तथा साईक्लिङ संघले पोखरामा पर्यटकलाई लक्षित गर्दै साईकल ट्रयाक बनाउनुपर्ने जोड दिदैं आएको छ । पोखरा महानगरनगरपालिका वडा नं १८ सराङकोटमा साईकल ट्रयाक निर्माण गरिने जनाइएको छ । पोखराम वर्षेनी आयोनजा गरिने साईक्लिङ रेसले पनि साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने भन्दै साईकल ट्रयाक निर्माण गरे अझ प्रतियोगितालाई विशेष बनाउन सकिने संघले जनाएको छ ।

गत वर्ष मात्रै पोखरामा ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता आयोजना गरिएको थियो । चार फरक फरक ठाँउमा आयोजना गरिएको प्रतिस्पर्धाले पोखरालाई साईकक्लिङको लागि गन्तव्य सिटीको रुपमा विकास गर्न टेवा पुर्याएको उनको भनाई थियो । प्रतियोगितामा महिला तथा पुरुषमा प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी साईक्लिष्टहरुको सहभागिता रहेको थियो ।

¥यालीमा सहभागी हुनको लागि एक हजार शूल्क तिर्नेले ज्याकेट, मेडल, मिनिरल वाटर, खाजाको सुविधा रहेको संयोजक बज्रचार्यले बताए । त्यसै गरी १ सय रुपैयामा खाजा, मिनिरल वाटर र मेडलको सुविधा प्रदान गर्ने उनको भनाई छ । करिब ३० किलोमिटर दुरीका हुने कार्यक्रममा करिब ८ सय साइकल यात्रीको सहभागिता जनाउने अपेक्षा गरिएको साईकल सिटीका अध्यक्ष बज्रचार्यले जानकारी दिए । उनका अनुसार कार्यक्रमा सहभागिता जनाउन काठमाडौ, धरान, नेपालगञ्ज लगायतका ठाउँबाट साईलकप्रेमीहरु आउने छन् ।