पोखरा(खेलाडी न्युज)-दशौं होलमा इगल प्रहार गर्दै किर्तिमान बनाउने योजना बनाउने सुरमा देखिएका शीर्ष बरियताका गल्फर शिवराम श्रेष्ठले १८ होल टुग्याउँदा केवल १ अण्डर ६८ को कार्डमा सुर्य नेपाल वेष्र्टन ओपन गल्फको पहिलो दिन अग्रता लिएका छन् । फ्रन्ट नाईन दुई अण्डर ३२ स्कोरमा रहेर उत्कृष्ठ शुरुवात गर्ने छनक देखाउँदै १० औं होलमा ईगल हिर्काए । पार ५ को होलमा दुई स्ट्रोक जोगाउँदै ईगल हिर्काए । तर १५ औं होलमा आईपुग्दा त्रिपल बोगी खेपेपछि पहिलो दिनको उत्साह केही मत्थर बन्न पुग्यो ।

१७ औंमा बर्डी हिर्काउँदा १८ औं होलमा भने फेरी बोगी खेप्दै अन्तत १ अण्डरको कार्ड बनाउँदै शीर्ष स्थानमा रहे । उनलाई पछ्याउने क्रममा नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापा लेभल पार खेलेका छन् । उनको शुरुवात भने गतिलो बन्न सकेन् । पहिलो होलमै डबल बोगीबाट शुरु गरेका थापाले १८ औं फेरी डबल बोगी खेलेर टुग्याएका छन् । यद्यपी उनले लेभल पार(६९) खेल्ने क्रममा फ्रन्ट नाईनमा १ अण्डर र व्याक नाईन भने १ ओभर खेलेका हुन् ।

तेस्रो स्थानमा भने समान १ ओभर खेलेको धरानका गल्फर शुक्र राई, बलभद्र राई र निरज तामाङ छन् । शुक्र राईले फ्रन्ट नाईनको दोस्रो होलमा बोगी खेपे । अन्य होलमा भने उनको प्रदर्शन उत्साह जनक नै रह्यो । १८ औं होलमा बंगरमा परेपनि लेभल पार खेल्दै स्ट्रोक जोगाएका थिए । बलभद्र राईले पनि फ्रन्ट नाईन लेभल पार खेल्ने क्रममा ५ र ८ औं होलमा बर्डी हिर्काउँदा ६ र ९ होलमा भने बोगी खेले । ११ औंमा बोगी, १२ औंमा डबल बोगी खेल्दै तनावमा झेल्न पुगेका राईले लय गुमाए । १५ औं र १७ होलमा बर्डी हिर्काए ।

तामाङले पनि फ्रन्ट नाईन १ ओभर ३५ को कार्ड बनाए । व्याक नाईन भने लेभल पार गरे । १०, ११ र १२ औं होलमा बर्डी खेलेर उत्साहित बनेका तामाङले १४ होलमा डबल बोगी खेप्दै खराब नजिता आत्मसात गर्न पुगे । १६ औंमा बर्डी खेल्दै लेभल पारको स्थितिमा आईपुगे । भुवन नगरकोटी र भुवनकुमार रोका पनि समान २ ओभर ७१ को स्कोर बनाउँदै पहिलो दिनको १८ होलबाट विश्राम लिएका छन् । ३ ओभर ७२ कार्ड बनाएका रवि खड्का, ५ ओभर ७४ को कार्ड बनाएका सुर्यप्रसाद शर्मा, डिफेण्डिङ च्याम्पियन सन्जय लामा र रामकृष्ण श्रेष्ठ उत्कृष्ठ दशभित्र अटाएका छन् ।

शर्माले पहिलो होलमै त्रिपल बोगीबाट वेष्टर्न ओपनको थालनी गरेका थिए । पार ४ हो पहिलो होलमा उनले ७ स्ट्रोक खर्चिए । श्रेष्ठले पनि तेस्रो होलमा डबल बोगी खेप्दा फ्रन्ट नाईन ६ ओभर ४०को स्कोरमा रह्यो । तर व्याक नाईनमा भने सुधारिएको प्रदर्शन गर्ने क्रममा १ अण्डर ३४ खेले । उनले १२ र १५ औं होलमा बर्डी हिर्काए । १७ मा बोगी खेपे । लामाले पनि पहिलो होलमा दुई स्ट्रोक अतिरिक्त हिर्काए । उनको पनि व्याक नाईन १ अण्डर ३४ मा रहेर समग्रमा ५ ओभर ७४ मा रहेका छन् । एमेच्योर तर्फ भने दिपेश राई र सुरेश लामा क्रमश ५ र ६ ओभर खेल्दै ७४ र ७५ को कार्डमा खेलिरहेका छन् ।

सुर्य नेपालको मुख्य प्रायोजनामा बुधबारदेखि वेष्टर्न ओपन शुरु भएको हो । ४८ जना खेलाडीले प्रो र एमेच्योर तर्फको प्रतिस्पर्धामा छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । । हिमालयन गल्फ कोर्षमा सन २०१६ मा शिवराम श्रेष्ठको किर्तिमानी छ । उनले ९ अण्डर २७१ खेलेका थिए । दिपक थापा मगर, दिपक न्यौपाने, सन्जय लामा र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । १९ औं सस्करण सन्जय लामाले जितेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन नगरकोटीको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।

पोखरा, काठमाडौं, धरान लगायतका गल्फरहरुले सहभागिता जनाउने छन् । १ लाख २५ हजार पुरस्कार राशीको छ । हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङका अनुसार उत्कृष्ट २४ भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here