Under Featured Image in News Page

नेपालगन्ज(खेलाडी न्युज)-दुईघण्टा २५ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीका त्रिभुवन आर्मीका नवराज साउद नेपालगन्ज म्याराथन च्याम्पियन बनेका छन् । शनिबार ४२.१९५ किलोमिटरको दुरी पुरा गर्दै उनले ६५ हजार नगदको हकदार बन्दै च्याम्पियन बने ।

क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम रह्यो । आर्मीका धावकले शीर्ष ५ स्थानमा आफनो प्रभुत्व कायम गरे । खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानका राजन रोकाया २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरे । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । चौथो र पाँचौ स्थान क्रमशस् रामप्रसाद भट्टराई र देवराज महताराले हासिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

महिला हाफ म्याराथनतर्फ आर्मीकि पूर्णलक्ष्मी न्यौपानेले उपाधि जित्न सफल भईन् । उनले हाफ म्याराथनको दुरीलाई १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गरिन् । ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वेरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आए ।

पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।

म्याराथनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका थिए । उनले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी फागुनमा भने पोखरा म्याराथन हुदैं छ । त्यसको लागि आन्तरिक तयारी शुरु गरिसकिएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चकोृ आयोजना र व्यवस्थापनमा वर्षेनी पोखरा म्याराथन हुदैं आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here