Author Archive

नाडाल फ्रेन्च ओपनको फाईनलमा

एजेन्सी-स्पेनिस राफाल नाडाल फ्रेन्चओपन टेनिसको फाईनल प्रवेश गरेका छन् । फिलिपे चाटरियर कोर्टमा शुक्रबार भएको सेमिफाईनलमा नाडालले १२ औं बरियताका अर्जेन्टिनाको डियागो सचवार्थमेनलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । अर्को सेमिफाईनल खेल नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सिसिपाससँग खेल्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा नाडालले डियागोलाई ६-३, ६-३ र र अन्तिम सेट टाइ्रबेकमा ७-६(०) पन्छाएका थिए । पहिलो र दोस्रो सेट सहज लिएपछि नाडालले तेस्रो सेट लिन भने निकै मेहनत गर्नुपर्यो । क्र्वाटरफाईनलमा डियागोले डोमेनिक थीमलाई पाँचै… पुरा पढौ

नर्वेमाथि सर्वियाको जित

एजेन्सी-युरोपियन च्याम्पियन्सीप अन्तर्गत प्लेअफको सेमिफाईनल प्रतिस्पर्धामा नर्वेमाथि सर्वियाले २-१ गोलले जित निकालेको छ । निर्धारित समयमाा १-१ गोलको बराबरीपछि थप गरिएको समयमा सर्वियाले गोल गर्दै नर्वेमाथि जित आत्मसात गर्यो । दुवै गोल दोस्रो हाफमा भएको थियो । ८१ औं मिनेटमा सर्वियाका सर्गेज मिलिन्कोभिच-साभिचले गोल गर्दै अग्रता दिलाए । तर खेल सकिन दुई मिनेट बाँकी हुदाँ नर्वेले बराबरी गोल गर्दै खेलमा फर्कियो । ८८ औं मिनेटमा म्याथीस नर्मनले गोल गर्दै खेललाई थप समय तर्फ लम्ब्याए । तर थपिएको १२ औं मिनेट… पुरा पढौ

विश्वकप छनोट, अर्जेन्टिनालाई पेनाल्टीको भाग्य

एजेन्सी-लियोनेल मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोट प्रतिस्पर्धामा इक्वाडोरमाथि १-०को कठिन जित निकालेका छ । बार्सिलोनाका स्टार मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अजेन्टिनाको जित सम्भव बनाएका थिए । उनको पेनाल्टी गोलले अर्जेन्टिनाले आफनो इज्जत जोगाउन सफल भयो । अर्जेन्टिनाका लुकास ओकम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीको अवसर पाएको थियो । लुकासले अर्जेन्टिनाकाा प्रभिस इस्तुपिनानलाई लडाएपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सहज गोल गर्दै जित आत्मसात गरेका हो । पहिलो हाफको अतिरिक्त समयमा इक्वाडोरका रेनाटो आईबराले क्रस गरेको बललाई रोर्बटो अर्बोलेडाले हानेको हानेको हेडर… पुरा पढौ

पोल्याण्डकी ईगा र अमेरिकन केनिन पहिलो ग्राण्डस्लामको होडमा

एजेन्सी-फ्रेन्च ओपन टेनिस महिला तर्फको ग्राण्डस्लाम नयाँ खेलाडीको हातमा पुग्ने छ । फ्रान्सको फिलिपे चाटरियर टेनिस कोर्टमा बिहीबार दोस्रो सेमिफाईनलमा अमेरिकन सोफिया केनिनले चेक रिपब्लिकाकी पेट्रा केभिटोभालाई पराजित गर्दै फाईनल सुरक्षित गरेकी हुन् । चौथो बरियताकी २१ वर्षिय अमेरिकन खेलाडी कीनले ६-४ र ७-५ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । कीनले फाईनलमा उपाधिको लागि पोल्याण्डका ईगा स्वायटेकसँग प्रतिस्पर्धा गर्ने छिन् । ५४ औं स्थानमा रहेकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ ६-१ सोझै सेटमा पन्छाएकी थिईन् । कीन… पुरा पढौ

वार्नर र वेरिष्टोको १६० रनको साझेदारी, किंग्सलाई २०२ रनको लक्ष्य

एजेन्सी-सनराईज हैदरावादका ओपन डेविड वार्डन र जोनी बेरिष्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबलाई २०२ रनको चुनौति दिएको छ । ओपनर जोडीले १० ओभरमा १०० रनको साझेदारी निभाएका थिए । बिहीबार दुवई इन्टरनेशनल स्टेडियममा आईपिएलको २२ औं खेलमा सनराईजले टस जित्दै व्याटिङ शुरु गरेको थियो । आफनो पहिलो ओभरमै रवि विश्नोयले १८ रन खर्चिएका थिए । बेरिष्टोले २८ बलमा अर्धशतक पुरा गर्दा वार्नरले भने विकेट जोगाउँदै ३७ बलमा ५० रन पुरा गरेका थिए । बेरिष्टोले उनले… पुरा पढौ

पोल्याण्डकी १९ वर्षिया ईगा पहिलो ग्राण्डस्लाम नजिक

एजेन्सी-फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला तर्फ पोल्याण्डकी १९ वर्षिय ईगा स्वायटेक फाईनल प्रवेश गरेकी छिन् । करियरको पहिलो ग्राण्डस्लाम नजिक पुगेकी ५४ औं स्थानकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई सोझो सेटमै पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । फिलिपे चाटरियर कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा स्वायटेकले पोडोरोस्कालाई ६(२, ६(१ को सेटले पन्छाउँदै ग्राण्डस्लाम नजिक पुगेकी हुन् । पुरा पढौ

ओजिल युरोपा लिग खेल्ने आसर्नल टोलीबाट बाहिर

एजेन्सी-युईएफए युरोपा लिगको लागि आर्सनलले आफनो स्क्वाडमा मेसिट ओजिललाई समावेश गरेको छ । जर्मनीका ३१ वर्षिय ओजिललाई आर्सनलले पछिल्लो समय मैदानमा उतारेको छैन् । आर्सनलका व्यवस्थापक माईकल अर्टेटाले ओजिललाई आफनो स्क्वाडमा सामेल गराउन स्वीकार गरिरहेका छन् । लिग सिजन २०२०/२१ मा आर्सनलले २५ जनाभित्र उनलाई समावेश नगरेपछि ओजिल निकै निराशमा छन् । उनको स्थानमा सम्भवत एथलेटिको मड्रिडबाट गत सोमबार ट्रान्सर्फरको अन्तिम दिन थोमस पार्टेलाई समावेश गर्ने सम्भावना छ । पार्टेलाई ५० मिलियन युरोमा आर्सनलले भित्रयाएको हो । सन २०१३ मा… पुरा पढौ

शर्मालाई उपचार सहयोग

काठमाडौं- नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले वि।सं। २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । अध्यक्ष… पुरा पढौ

विश्व च्याम्पियन पलिस्था सम्मानित

काठमाडौं-विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो । पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो–नेपाल मुवाँथाईंमा तीन स्वर्ण जितेकी थिइन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक… पुरा पढौ