Author Archive

महानगरको खेलकुद बजेट १ करोड १० लाख

पोख(खेलाडी न्युज)-पोखरा महानगरपालिकाले खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी आयोजना गर्ने स्पोर्टस अवार्डको लागि बजेट विनियोजन गरेको छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले बुधबार सातौं नगरसभा मार्फत आर्थिक वर्ष २०७७÷७८ मा बजेट सार्वजनिक गर्दै स्पोर्टस अवार्डलाई बजेटको व्यवस्था मिलाइएको उदघोष गरिन् । ‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु ।’ उपमेयर गुरुङले भनिन् । खेलुकद पत्रकार मञ्च गण्डकीले यसै वर्षदेखि स्पोर्टस अवार्डलाई प्रदेशस्तरीय बनाएको थियो । महानगरपालिकाले स्पोर्टस अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको… पुरा पढौ

खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मान

पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने नीति लिएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । महानगरपालिकाले पनि अब खेलाडीलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरेको हो । सम्मान तथा पुरस्कारको लागि महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समावेश गरिने छ । खेलकुदको विकास गर्ने खेलकुद कानूनलाई समय सापेक्ष बनाउने… पुरा पढौ

पवर्तको फलेबासमा एथलेटिक्स ट्रयाकसहितको फुटबल रंगशाला निर्माण गरिदैं

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला फुटबल मैदान निर्माणका झण्र्ड डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ । फुटबल मैदानको काम अघि बढाईसकिएको छ । आवश्यक डिपिआरको फाईनल हुन भने बाँकी छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ३० लाख रुपैयाँबाट फुटबल मैदान बनाउन शुरु गरिएको… पुरा पढौ

पोखरा महानगरले खेलकुदको लागि एकिकृत कोष स्थापना गर्ने

पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकिकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलुकुदको विकासको लागि एकिकृत कोष आवश्यक छ’–उनले भने– कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’ मेयर जिसीका अनुसार कोषमा राज्यले दिने सहयोग र निजी क्षेत्रबाट प्राप्त सहयोग कोषमै आवस । ‘कोष स्थापनाले मात्रै खेलकुद विकासमा नयाँ आयाम थपिने मात्रै नभई व्यवस्थित समेत हुने छ ।’ तेक्वान्दो डोजाङ प्रमुखलाई राहत वितरण एवं तेक्वान्दो पदाधिकारीको कोरोना विमापछि सम्बोधन… पुरा पढौ

नवलपुरको कावासोतीमा रंगशालाको डिपिआर बनाउँदै

पोखरा(खेलाडी न्युज)-नवलपुरमा गण्डकी प्रदेशको बैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्रयाक एण्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्टस कम्प्लेक्स निर्माण गरिने छ । त्यसको लागि आवश्यक विस्तृत प्रतिवदेन परियोजना(डिपिआर)को अन्तिम चरणमा छ । बैकल्पिक रंगशाला निर्माणपछि ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना गर्न सहज हुने छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान तथा ट्रयाक निर्माण गरिएको छ । अन्य भौतिक पूर्वाधार समेत तयारी छ । अन्य जिल्लामा पूर्वाधार नहुदाँ राष्ट्रियस्तरका प्रतियोगिता पोखराबाट प्रदेशकै अन्य… पुरा पढौ

पोखरा रंगशालामा बढ्यो खेलकुद गतिविधि

पोखरा(खेलाडी न्युज)-तीन महिना पछि पोखरा रंगशालाभित्र खेलकुद गतिविधि शुरु हुन थालेको छ । रंगशालाभित्र खेलकुद गतिविधिको रौनक बढ्दै गएको छ । गत चैतको पहिलो सातादेखि पूर्ण रुपमा बन्द रहेको पोखरा रंगशालामा असारको पहिलो सातादेखि नै खेलकुद गतिविधि विस्तारै बढ्न थालेको हो । व्याडमिन्टन, टेनिस, क्रिकेट, स्क्वास तथा बास्केटबलको गतिविधि बढ्दै गएको छ । क्रिकेट र बास्केटलको गतिविधि शुरु भएको भने बुधबारदेखि हो । ‘स्वास्थ्यका लागि खेलकुद’ । तर खेलकुद राज्यको लागि अनिवार्य आवश्यकता भित्र पर्दैन् । अनिवार्य आवश्यकता भित्र नपर्दा… पुरा पढौ

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट, खेलकुदलाई ८ करोड ३५ लाख, नवौंलाई १ करोड ५० लाख

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढीक… पुरा पढौ

नवलपुरमा आधा दर्जन कभर्डहल

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन् । केही सञ्चालन छन् । केही निर्माणको अन्तिम चरणमा त केही निर्माणकै चरणमा छन् । कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ । जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन् । राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ । कास्कीमा चार वटा हल छन् । पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ । जुन १६ करोड ३५ लाखमा निर्माण गरिएको हो । दर्शक क्षमता २ हजारको छ । त्यही हलमा १३… पुरा पढौ

विच भलिबल कोर्ट, लगानी बालुवामा पानी नबनाउन सरोकारवालाको ध्यानाकषर्ण

पोखरा(खेलाडी न्युज)-एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भईरहेको छ । अर्को तिर निर्माण गरिएको पूर्वाधार संरक्षण हुन सकेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षण विहीन छ । १३ औं दक्षिण एशियाली खेलकुदको लागि युवा तथा खेलकुद मन्त्रालयले पोखरामा ८ खेल खेलाउन निर्णयसँगै फेवाताल किनारमा बिच भलिबल निर्माण गरिएको थियो । गत मंसिरमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको फेवाताल किनार(बाराही घाट)मा बिच भलिबल कोर्ट निर्माण गरिएको थियो । तीन कोर्ट बनाउन ६० लाख रुपैयाँ… पुरा पढौ

प्रदेश मोफसलका जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डको अभाव, राष्ट्रियस्तरका प्रतियोगिता पोखरामै केन्द्रीत

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका मोफसलका जिल्लाहरुमा एथेटिक्स ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना भएका छैनन् । कास्की बाहेक अन्य दश जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड छैन् । ट्रयाक एण्ड फिल्ड नहुदाँ दश जिल्लामा एथलेटिक्सका राष्ट्रिय प्रतियोगिता अहिलेसम्म आयोजना हुन सकेको छैन् । नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङजा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ प्रदेशका जिल्लाहरु हुन् । मापदण्डस्तरीय एथलेटिक्स ट्रयाक एण्ड फिल्ड नभएपनि राष्ट्रियस्तरका खेलाडी उत्पादन भने भईरहेको खेलकुदको इतिहासले भने झल्काईसकेको छ । आवश्यक पूर्वाधार नहुदाँ एथलेटिक्सका इभेण्ट सञ्चालन गर्न सकिदैन्… पुरा पढौ