नेपाल

वीरमानका परिवारलाई आर्थिक सहयोग

काठमाडौं(खेलाडी न्युज)-उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए । संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए ।… पुरा पढौ

अनलाईन कराते कातामा नेपाललाई ४ स्वर्ण

पोखरा(खेलाडी न्युज)-नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । ८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे ।… पुरा पढौ

मानन्धर ईन्टरनेशनल काता च्याम्पियनसिपको फाईनलमा

पोखरा(खेलाडी न्युज)- नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को फाईनलमा प्रवेश गरेका छन् । केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका हुन् । उनले सेमिफाईनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाईनल यात्रा तय गरेका थिए । अव उनले उपाधीका लागि फाईनलमा स्पेनका खेलाडीको सामना गर्नेछन् । बिश्व कराते महासंघ र एशियाली कराते महासंघको… पुरा पढौ

म्याच फिक्सिङ गर्नेलाई तीन वर्ष जेल र ५० हजार जरिवाना, प्रतिबन्धित औषधी सेवन गर्नेलाई १० हजार जरिवाना

पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बन्न अब शैक्षिक योग्यतासहित खेलकुद क्षेत्रमा पाँच वर्ष अनुभव हुनुपर्ने प्रावधान छ । राष्ट्रिय र संघीय संसदबाट पारित भएको खेलकुद विधेयक २०७६ ले नयाँ व्यवस्था गर्दै सदस्य सचिब बन्न शैक्षिक योग्यता र अनुभवसँगै उमेरको हद समेत तोकिदिएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी रहेको विधेयकले सदस्य सचिव बन्न ३० वर्ष पुराभएको हुनुपर्ने छ । शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण र पाँच वर्ष खेलकुद क्षेत्रको अनुभवी हुनुपर्ने प्रावधान नयाँ ऐनले व्यवस्था गरेको छ । विधेयक… पुरा पढौ

एक वर्ष स्रयो ओलम्पिक प्रतियोगिता

पोखरा(खेलाडी न्युज)- जापानमा आगामी जुलाईमा हुने ग्रिष्मकालिन ओलम्पिक खेलकुद एक वर्षको लागि सारिएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरस(कोभिड-१९)ले १९५ देश पिरोलिएको अवस्थामा विश्व खेलकुदको कुम्भमेला ओलम्पिक एकवर्ष धकेलिएको हो । यस अघि नै युरोपमा चल्ने प्रिमियर लिग, बुण्डेसा लिग, ला लिगा, च्याम्पियन्स लिग, इटालियन सिरी ए लगायतका फुटबल प्रतियोगिता स्थगित गरिएको छ । अधिकांश खेल अप्रिलको मध्य र अन्त्यसम्मको लागि स्थगित गरिएको छ । यसैगरी युरोकप समेत एक वर्षको लागि पछि सारिएको छ । भारतमा हुने आईपिएल तथा… पुरा पढौ

विश्व वरीयताको सातौं स्थानमा उक्लिए प्रिन्स

पोखरा(खेलाडी न्युज)-नेपाली व्याटमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले एकपछि अर्को सफलता प्राप्त गरेका छ । जर्मनी केहीदिन अघि प्रतिस्पर्धामा रहेका प्रिन्सको आज बुधबार प्रकाशित नयाँ बरियता अनुसार उनी विश्व बरियतामा सातौं स्थानमा उक्लिएका हुन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसन बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी तीन स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएका हुन् । यो नै नेपाली खेलाडीले प्राप्त गरेको सबैभन्दा उच्च बरियता हो । यसअघि उनी १०औं स्थानमा थिए । प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए ।… पुरा पढौ

शसिन र दिपेश दशौ बबिन स्मृती ब्याडमिन्टन बिजेता

काठमाडौं(खेलाडी न्युज)-लतिलपुरका शसिन डङ्गोल र दिपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याििम्पयन भएका छन् । सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१ -१८, ११ -२१, २१ -१८ ले पराजित गर्दै उपाधी हात पारेका छन् । विजेता र उपबिजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।तेश्रो स्थानमा लतिलपुरका योङ्गस्टार… पुरा पढौ

सुजललाई सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा(खेलाडी न्युज)-सहारा क्लबले वर्षेनी प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिने भएको छ । आहा रारा गोल्डकपको १८ औं सस्करणको उदघाटन समारोहमा सुजललाई नगदसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिने छ । सम्मानको प्रायोजन कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार राशी ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ । सुजल नेपाली राष्ट्रिय टीमका कप्तान समेत हुन् । उनैको नेतृत्वमा नेपालले भुटानलाई पराजित गर्दै… पुरा पढौ

कोरियन पाइलट चोय र नेपाली टिम वल्र्ड च्याम्पियन

पोखरा(खेलाडी न्युज)-प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको उपाधि कोरियन खेलाडी च्याम्पियन बन्दा टिम तर्फ नेपालीले उपाधि आफनो नाममा लेखाएको छ । तेस्रो दिनको शनिबारको टास्क पुरा गर्दै कोरियन खेलाडी(पाईलट) जङमन चोयले व्यक्तिगत तर्फ २२२० स्कोरसहित वल्र्ड च्याम्पियन बने । उनले तेस्रो दिको टास्क पुरा गर्दा पहिलो दिन २४५ अंक जोडे । दोस्रो दिन ९९२ अंक र तेस्रो दिन ९८३ अंक जोड्दै उपाधि जित्न सफल भए । अन्तिम दिनको टास्क ४७ दशमलव ८ किलोमिटरको थियो । दोस्रो स्थानमा नेपालका विशाल थापा आए । उनले… पुरा पढौ

ईपिएलको खेल तालिका सार्वजनिक

पोखरा(खेलाडी न्युज)-दुईसाता पछि एभरेष्ट प्रिमियर लिग फ्रेन्चाईज क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । नेपालमा आयोजना हुने फ्रेन्चाईज लिग क्रिकेटमा यो सबैभन्दा ठूलो धनराशीको हो । काठमाडौंमा आयोजना हुने प्रिमियर लिगको खेल तालिका समेत सार्वजनिक गरिएको छ । उदघाटन खेल पोखरा राईनोजले ललितपुर प्याट्रीट्स बीच हुने छ । मार्च १४ गतेदेखि शुरु हुने छ । १५ मार्चमा विराटनगर वारियर्सले चितवन टाईगर्ससँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल भैरहवा ग्लाडियटर्सले काठमाडौ) किग्स ११ सित खेल्ने छ । मार्च १९ लाई आरामको दिन… पुरा पढौ