खेलाडी प्राेफाइल

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

पोखरा-सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार… पुरा पढौ

नेपाली टेनिसले नचिनेको कुमार

राजन पौडेल, पोखरा-जन्मेपछि कर्म गर्नै पर्छ । कर्मले कता डोर्याउँछ यकिन हुदैन् । मानिस पिच्छे कर्मको मर्म फरक हुन्छ । एक ठाउँमा जन्मिएर हुर्किएर बढेर एउटा गन्तव्यमा पुगेर कर्मको बाटो समाउनुपर्छ । बाटो समाउने हाँगा आफैैले रोज्नुपर्ने खोज्नुपर्ने हुन्छ । त्यो रोजाई र खोजाईमा आफैं विदेशिनुपर्ने हुन्छ । यस्तै कर्म गर्न कुमार अधिकारी यतिबेला माल्दिभ्समा छन् । उनलाई कर्मले माल्दिभ्ससम्म डोहोर्यायो । कुनै बेला नेपालका शीर्ष बरियताका टेनिस खेलाडी यतिबेला माल्दिभ्सको टेनिसका हेडकोच(मुख्य प्रशिक्षक) बनेका छन् । उनी उतै रमाएका… पुरा पढौ

पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका छन । सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन । डेढ दशक भन्दा बढि समय क्रिकेटसँग साइनो गासेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन । उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पायो ।… पुरा पढौ

पोखराबाट उदाएका किरण

पोखरा-पोखराका किरण श्रेष्ठलाई स्कुल पढ्दादेखि नै खेलकुदमा रुचि थियो । फुटबल भनेपछि त उनी हुरुक्क हुन्थे । जीवनको सुरुवातमा उनले मार्सल आर्टस् पनि खेले । रोमाञ्चकारी खेल फुटबलमा रुचि बढ्दै जाँदा राष्ट्रिय खेलाडीको यात्रा तयसँगै ३ वर्षदेखि राष्ट्रिय टिमको प्रशिक्षक सम्मालिरहेका छन् । पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण सुरुआत गरेका ४५ वर्षीय किरण एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पोखराबाट उनीसहित हालसम्म २ जनाले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि कृष्ण थापा थिए । उनले पोखरा ड्यामसाइड क्लबबाट… पुरा पढौ

फेवामै हुर्किएको पौडीवाज

पोखरा-पोखरा बैदामका आनन्द कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिले जस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिने क्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उनी परे । र, पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जु¥यो । २६ वर्षसम्मको खेलजीवनमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिए । आठौं साफमा उनले नेपाललाई पदक जिताउनसमेत सफल भए ।२०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उनी त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा ४… पुरा पढौ

अबको लक्ष्य ओलम्पिक पदक

पोखरा-कराँते खेल्न थालेको भर्खरै दशक मात्रै पुगेको छ । दशकमै उनको प्रदर्शन अन्तराष्ट्रिय पदकसम्म पुगेको छ । स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दै आफनो खेलप्रतिको लगावलाई प्रष्ट्याईदिएका छन् । कडा मेहनतको प्रतिफल आउँछ भन्ने सन्देश उनले दिएका छन् । नविन रसाइलीले २०६५ साल देखि कराँते खेल्न सुरु गरे । सानैदेखि कराँतेमा चासो राखेका रसाइलीले आफनो खेल जीवनलाई निरन्तरता दिए । धैर्यता, खेलप्रतिको लगाबले उनले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरे ।… पुरा पढौ

कराँतेको जगमा उसुमा सफलता

पोखरा-मनमा एउटै कुरा खड्किन्छ । त्यो हो स्वर्ण पदक । खेलाडीको अन्तिम लक्ष्य नै स्वर्ण पदक हो । अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा स्वर्ण पदक जित्ने धोको मनभरी छ । त्यो धोको पुरा गर्न उनले खाईपाई आएको राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षकको जिम्मेवारीलाई त्याग्नि ।झरना गुरुङ(कराँते÷उसु) उनको परिचय नेपाली खेलकुदलाई दिईरहनु पर्दैन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक जितेर आफनो अभिष्ट ईच्छा पुरा गर्ने दृढता छ । त्यसको लागि उनी अहिले खेल क्षेत्रबाट केही टाढिएकी छन् । नेपाली खेलकुदभित्र देखिने विरक्त लाग्दो राजनीतिबाट खाईपाई… पुरा पढौ

उत्कृष्ट धुनर्धर

पोखरा-खेलकुद र संगीत फरक पाटो हुन् । तर लगाब एउटै हो । एकाग्रता बिना संगीतको साधना हुनै सक्दैन् । खेलकुद पनि उस्तै हो । शान्त बातावरणमै संगीतको सुर निस्कन्छ । कोलाहलमय बातावरण भए संगीतको साधनामा खलल पुग्छ । खेलकुदमा पनि साधना विना लक्ष्य हासिल हुदैैन् । लगाव र मेहनत त पक्कै हुनै पर्छ । कुनैपनि खेलकुदमा एकाग्रता नभए लक्ष्य हासिल हुदैंन् ।……………………………………………………………………………………………………………असिम शेरचन(४६)को परिचय दोहोरो छ । संगीतकर्मीले उनलाई आफनै परिचय दिन्छन् । खेलकुदकर्मीले उनलाई अन्तराष्ट्रिय खेलाडीको रुपमा चिन्छन् ।… पुरा पढौ

सानो उमेर, ठूलो जिम्मेवार

पोखरा-उमेर सानै छ । तर जिम्मेवारी भने ठूलो । भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन् । उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन् । एक वर्षे सम्झौता अनुसार दशैं लगत्तै उनी माल्दिभ्स उडेका हुन् । माल्दिभ्समा प्रशिक्षणको अवसर भने नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी कुमार अधिकारीले मिलाईदिएका हुन् । अधिकारी माल्दिभ्सको टेनिस प्रशिक्षक बनेर इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा माल्दिभ्सको टिम लिएर गएका थिए । अधिकारी र खड्का दुवै पोखराका हुन् । पोखराको पस्र्याङस्थित टेनिस कोर्टबाट… पुरा पढौ

‘माष्टर अफ टर्निङ किक’

पोखरा–तीन वर्ष भएको थियो, पन्चायती व्यवस्था अन्त्य भएको । पन्चायती व्यवस्थानको राप जनमानसमा अझैं थियो । पन्चायत विरुद्धको आन्दोलन सकिएर बहुदलीय व्यवस्था शुरु भईसकेको थियो । पन्चायती व्यवस्थाको जगजगीले खेल्न पनि निकै गाह्रो थियो । पोखरा रंगशाला खुला चौर थियो । चौरमै खेल्नुपर्ने अवस्था थियो । मार्शल आर्टस खेल्न र सिक्ने अवसर नै थिएन् । उमेर पनि कल्काउँदो । जोश जागँर उत्साह र उमंग छुट्टै थियो । क्योकुशिन कराँते खेल्न थालेको पनि भर्खरै जस्तो हो । १३ वर्षको उमेर(२०४९ साल)… पुरा पढौ