खेलाडी प्राेफाइल

गोलकिपिङबाट उदाएका ह्याण्डबल खेलाडी

धन बस्नेत(खेलाडी न्युज)-कालो कोट लगाउँदै विदाईको हात हल्लाउने सपना छ । तर अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट सन्यास लिईसकेको अवस्थामा अब त्यो पुरा हुने सम्भावना क्षीण भयो । भव्य, सभ्य र सुखद अन्त्य गर्ने सपना बुनिरहेका उनले सम्बन्धीत निकायले चासो नदिदाँ उनले आफनो सामाजिक सञ्जाल मार्फत सन्यासका शब्द खर्चिए । एक दशकमा एउटा खेलाडीले कमाएको प्रतिष्ठा अन्तत निरासमा बदलिएपछि खेलेरै समय विताउनु केवल ‘ठक्कर’ मात्रै खानु रहेछ । ‘दश वर्ष देशको लागि खेंले । पसिना बगाँए । तर सन्यास लिने बेलामा के पाए… पुरा पढौ

‘प्यासन’ले दिलाएको सफलता

पोखरा(खेलाडी न्युज)-डाउन हिल आफैंमा गाह्रो र कठिनाई हुन्छ । त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौति हो । त्यही चुनौतिलाई पन्छाउँदै २२ वर्षिया जमूना थापाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा रजत पदक जितिन् । रजत पदकले साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेको छ । साईक्लिङको लागि आँट र हिम्मत चाहिन्छ । आँट विना सम्भव नै छैन् । डाउनहिलमा अझ जोखिमपूर्ण नै हुन्छ । पारिवारिक दबाव उस्तै । दुई पटक त हात नै भाँचियो… पुरा पढौ

जसले बसाल्यो नेपालमा आधुनिक आर्चरीको जग

धन बस्नेत, पोखरा(खेलाडी न्युज)-जवानीमा धेरै खेलकुद खेलियो । सुटिङ छोडेर आर्चरीमा पाईला लम्कियो । रिटायर्ड पछि पहिचान बनाउने खेल आर्चरी बन्यो । त्यसभन्दा अघि सुटिङ नै थियो । सुटिङ र स्वीमिङ दुवैमा अब्बल । जीवनको रसरंग भने आर्चरीमै बस्यो । किन ! पल्टने लाईफ सकियो, रिटायर्ड लाईफमा आर्चरीसँगै जोडियो अन्य खेल भने विदेशमै छोडियो । उमेरले आराम खोज्ने बेला हो । तर मनले मान्दैन् । त्यसैले त छ दशक उमेरमा पनि उस्तै युवा जोश छ । त्यो जोश अब युवापुस्तामा… पुरा पढौ

शरणार्थी शिविरबाट उदाएका विश्वका नम्बर १ क्रिकेटर

भानुभक्त-अफगानिस्तान भनेपछि धेरैका दिमागमा गृहयुद्ध, आत्मघाती हमला, तबाही र तालिबानको तस्बिर आउँछ। तर बिस्तारै अब यो तस्बिर धुमिल हुन थालेको छ। गृहयुद्धको दलदलमा फसेको अफगानिस्तानले विश्व क्रिकेटमा आफ्नो नयाँ तस्बिर कोरिरहेको छ। यो नयाँ तस्बिरका महत्वपूर्ण हिस्सेदार बनेका छन्(२० वर्षीय सुपरस्टार रसिद खान) जसलाई यही साता आइसिसीले एकदिवसीय बरियतामा पहिलो नम्बरका अलराउन्डर घोषणा गरेको छ। धेरै मानिसहरू जिन्दगीको नयाँ बाटोबारे रूमलिने २० वर्षको उमेरमा रसिद विश्व क्रिकेटका सुपरस्टार बनेका छन्। धेरै क्रिकेटरले घरेलु मैदानमा पाइला राख्न सुरू गरिरहेका बेला रसिदले… पुरा पढौ

‘विदेशीलाई सिकाउने सामर्थ्य छ’

धन बस्नेत, पोखरा- मेहनत र लगनशिलताले मात्रै खेलाडीले आफनो गन्तव्य बनाउँछ । पदकको आशा गर्छ । अनि अन्तिममा प्रशिक्षण गर्ने लक्ष्य कोर्छ । विना मेहनत खेलाडीले आफनो अस्थित्व जोगाउन सक्दैन् । पलायनको अवस्थामा पुग्छ । निरन्तरताको लगानीले मात्रै प्रतिफल पाईन्छ । त्यसको उदाहरण हो दिपकबहादुर गोदार । स्कुले जीवनबाट मार्शल आर्ट तर्फ आर्कषित गोदार उमेर ढल्कदैं गएपछि प्रशिक्षणमा व्यस्त छन् । यद्यपी जोश र जाँगर भने खेलाडीको भन्दा बढी नै चाहिन्छ । जुन प्रशिक्षणको दौरानमा प्रष्ट देखिन्छ । १४ वर्षकै… पुरा पढौ

डम्बरलाल माकाजू..‘पोखरेली फुटबलका सफल कप्तान’

धन बस्नेत, पोखरा -विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले… पुरा पढौ

हरिश्वर— ‘अनुशासित—गुरुप्रति समर्पित’

राजन पौडेल—आत्मरक्षाको लागि धेरै खेल छन् । धेरै मार्शल आर्ट मध्ये अधिकांशको रोजाईमा पर्ने गरेको छ तेक्वान्दो । तेक्वान्दोले कुनै समय नेपाली खेलकुदलाई अन्तराष्ट्रिय छविमाझ चिनाएको थियो । आठौं साग नेपालमा हुदाँ तेक्वान्दोमा अधिकांश पदक जित्दै साफ च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा उक्लिएको थियो । साग गेम्समा पदक जित्ने आशा गरिएको खेल नै तेक्वन्दो हो । तेक्वान्दोसँगै अन्य विधाका खेलहरु पनि छन् । त्यसैले पनि धेरैको रोजाईमा तेक्वान्दो नै पर्छ । मोफसलमा तेक्वान्दो सिकेर राष्ट्रिय छवि बनाउन भने निकै कठिन छ… पुरा पढौ

भलिबलमा छाप, शोलेको उपनाम

राजन पौडेल- पोखराको बजारमा भर्खरै हिन्दी फिल्म शोलेको चर्चा थियो । शोलेको टिसर्ट पनि आएको थियो । शोलेकै टिसर्टमा थिएँ । गाँउबाट भर्खरै पोखराको अमरसिंह माविको खेल मैदानमा भलिबल प्रतिस्पर्धाको लागि उत्रिएका थियौं । खेलमा सबैको ध्यान खिचिने गरी प्रदर्शन गरियो । उत्कृष्ठ प्रदर्शन गरेपछि दर्शकले बलराम क्षत्रीलाई शोलेको उपनाम दिए । विरेन्द्रशिल्ड प्रतियोगिता पोखरा रंगशालामा थियो । गाँउबाट भलिबलको टिम पोखरा आउनुपर्ने थियो । टिमको छनोट पनि गरियो । तर शोलेले खेल्दैन भने हामी पनि खेल्दैनौ भन्ने थियो ।… पुरा पढौ

टेनिसको पर्याय बन्दै कायस्थ

धन बस्नेत- शिक्षा, स्वास्थ्य र खेलकुद पोखराको नारा हो । शिक्षाले स्वाथ्यप्रति सचेत गराउ“छ । स्वास्थ्य मानिस खेलकुदको मेरुदण्ड हो । खेलकुदले स्वास्थ्य रहन सहयोग पु¥याउ“छ । तीनै एकअर्काका परिपुरक हुन् । ती तीनै क्षेत्रमा विनोद कायस्थले लगानीको हात बढाएका छन् । त्यसलाई आर्थिक रुपले सबल बनाउन उनको पाईला वित्तिय क्षेत्रमा पनि छ । शिक्षा तर्फ उनले पोखरा कलेज अफ म्यानेजमेन्ट, स्वास्थ्य तर्फ गण्डकी मेडिकल कलेज तथा अक्सिजन ग्यास र खेलकुद तथा लन टेनिस । ती सबैलाई वित्तिय रुपमा सबल बनाउन… पुरा पढौ

जसले बसाल्यो हकीको जग

धन बस्नेत ‘भूपी शेरचनस“ग एकदिनमात्रै क्रिकेट खेल्ने अवसर पाए“’ डा. विरेन्द्रसिंह गुरुङ सम्झन्छन—‘त्यसपछि खेल्ने अवसर नै भएन । एउटा व्याट थियो । स्टम्प पनि । एउटा ठाउ“मा गाडेर खेल्थे । अरु भने हेरेर रमाउ“थे ।’ कवि भूपी शेरचनले पुरानो टुडिखेलमा खेल्थे । भूपीस“ग चन्द्र घले लगायतका हुन्थे । काठमाडौंको नोकरी छोडेर पोखरा आएका गुरुङले आफनो खेलकुद चाहनालाई पुरानो टुडिखेलमा पोखिदिए । त्यतिबेला क्रिकेट भर्खर शुरुवात भएको थियो । २०२६ सालमा पोखरा आएका उनले सिधैं पृथ्वीनारायण क्याम्पसमा पढाउने रोजगारी मिल्यो ।… पुरा पढौ