पोखरामा आइटीएफ जे–३०, नेपाली सक्षमको सोझो सेटमा जित
पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ भारतीय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावा माथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षमविक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे । मंगलबार भएको महिला एकलतर्फ भारतकी…
पुरा पढौ
‘हिमालयन एक्सट्रिम ट्रायथोलन’को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई
पोखरा-निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन् । महिला तर्फको उपाधि अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेकी छन् । अन्तराष्ट्रिय ट्रायथोलनका हब पोखरामा शनिबार र आईतबार हिमालयन एक्सट्रिम ट्रायथोलन प्रतिस्पर्धा भएको थियो । शनिबार विहान फेवातालमा पौडीबाट शुरुवात भएको ट्रायथोलन आईतबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेमा समापन भएको थियो । फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडी प्रतिस्पर्धा गरिएको थियो । पौडीपछि सहभागिले १७५ किलोमिटर साईक्लिङ गरे । साईक्लिङपछि ४३ किलोमिटर दौड…
पुरा पढौ
स्लोभाकियाकी विकानोभालाई एशिया कप महिला ट्रायथोलनको उपाधि
पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप महिला तर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ०४ मिनेट ५१ सेकेण्डको समयमा पुरा गर्दै च्याम्पियन बनिन् । त्यसैगरी जापानकी मिनोरी इकिनोले १ घण्टा ०५ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भईन् । जापानकै चिसातो नाकाजिमाले १ घण्टा ०५ मिनेट ३० सेकेण्डको समय लगाउँदै तेस्रा्रे स्थानमा रहिन् । रोमानियाकी एन्टाओ मानक चौथो भईन् । पाँचौ स्थानमा जापानकी युका सातो रहिन् । महिला तर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा…
पुरा पढौ
लम्जम्बर्गका हलेरलाई एशिया कप ट्रायथोलनको उपाधि
पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए । ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट…
पुरा पढौ
आगामी शनिबार पोखरामा तेस्रो एशियन कप ट्रायथोलन
पोखरा-आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैं छ । आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा तेस्रोे पटक हो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप र आईतबार दुवाथोलन हुने छ । यही चैत १८ गते शनिबार ट्रायथोलन तथा १९ गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय महासचिव युवराज सुनुवारले जानकारी दिए । अन्तराष्ट्रिय ट्रायथोलन…
पुरा पढौ
जापानको उत्कृष्ट कमब्याक जित, जर्मन स्तब्ध
पोखरा-विश्वकप विजेता जर्मनी जापानसँग स्तब्ध बनेको छ । जर्मनीले पनि अर्जेन्टिनाजस्तै नियति भोग्यो । अग्रता लिएरपनि जोगाउन नसकेको अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको चर्चा सेलाउन नपाउँदै उस्तैगरी जर्मनी जापानसँग पराजित हुन पुग्यो । जापानले दोस्रो हाफमा आक्रमक तर सुधारिएको प्रदर्शन गरेपछि उत्कृष्ट कमब्याक जित निकाल्यो । पहिलो हाफमा पेनाल्टीबाट पछि परेको जापानले दोस्रो हाफमा दुई गोल गर्दै जर्मनीमाथि २-१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । बुधबार विश्वकप अन्तर्गत समूहचरणको प्रतिस्पर्धामा खेलको ३३ औं मिनेटमा जर्मनीले अग्रता लियो ।…
पुरा पढौ
अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध
पोखरा-अर्जेन्टिनामाथि साउदी अरेबियाले ऐतिहासिक जित निकालेको छ । फिफा विश्वकपमा साउदी अरेबियाले महत्वपूर्ण तीन अंक जोेडेको छ । साउदी अरेबियाले मंगलबार अर्जेन्टिना विरुद्ध उत्कृष्ठ कमब्याक गर्दै २-१ गोलले पराजित गर्दै उत्कृष्ठता नमूना पेश गर्यो । खेलको पहिलो गोल गर्दै अर्जेन्टिनाले साउदी अरबमाथि दबाव सृजना गर्यो । खेलको ८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेस्सीले खेलको १० औ. मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाको अग्रता दोस्रो हाफमा…
पुरा पढौ
कतार ईक्वेडरसँग पराजित
पोखरा-कतारमाथि महत्वपूर्ण जित निकाल्दै ईक्वेडरले फिफा विश्वकपमा सुखद शुरुवात गरेको छ । आयोजक कतारमाथि २-० गोलले पराजित गर्दै ईक्वेडरले समूह चरणको खेलमा तीन अंक मात्रै जोडेन इतिहास समेत कोर्यो । तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोली कतारमाथि अग्रता लिएको ईक्वेडरलाई भिडियो एसिसेन्ट रेफ्री (भिएआर)ले मान्यता दिएन् । तर खेलको १६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ईक्वेडरले घरेलु टोली कतारमाथि महत्वपूर्ण अग्रता लियो । पेनाल्टीलाई एनर भ्यालेन्सियाले गोल गर्र्दै फिफा विश्वकप २०२२ मा आयोजक कतारमाथि दबाव सृजना गर्यो । पहिलो…
पुरा पढौ
‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने
पोखरा- गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आगामी असोजको पहिलो साता पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुदैं छ । ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए ।…
पुरा पढौ
गणेशको राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको…
पुरा पढौ