रियल बेटिसलाई बार्सिलोनको पाँच गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)-बार्सिलोनाले स्पेनिस ला लिगामा आईतबार राती रियल बेटिसमाथि फराकिलो जित निकाल्दै शीर्ष स्थान अझ बलियो बनाएको छ । दोस्रो स्थानको एथलिको मड्रिड भन्दा ११ अंकको अग्रता लिएको बार्सिलोनाका लागि हिजो राती स्ट्राईकर लुईज स्वरेज र लियोनेल मेसीको उत्कृष्ठ प्रदर्शन दोहोरियो ।

बार्सिलोनाले खेलको दोस्रो हाफमा सबै गोल सम्भव गर्यो । ५९ औं मिनेटमा रिकिटिकले गोल गर्दै अग्रता दिलाएपछि बार्सिलोनाको लागि खाता खोल्यो । त्यसपछि मेसी र स्वरेज चम्किए । मेसीले ६० औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि स्वरेजले ६९ औं मिनेटमा अर्को गोल थपे बार्सिलोनाको लागि । ८० औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा स्वरेजले ९० औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनलाई ५—० को फराकिलो जित निकाल्यो ।

यसैगरी इग्ंिलस प्रिमियर लिग अन्तर्गत टोटनह्याम हटस्परले साउथह्याम्पटनसँग बराबरी खेलेको छ । ह्यारी केनको गोलले टोटनह्याम हारबाट जोगिदाँ खेल १—१ मा टुंगिएको थियो । डेविन्सन सान्चेजले १५ औं मिनेटमा आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा पछाडि परेको थियो । यद्यपी केनले १८ औं गोल गर्दै खेल बराबरीमा ल्याउँदै एक अंक जोड्न जोड्यो । केनको लिगमा ९९ औं गोल थियो ।