पाकिस्तान सात विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


New Zealand's Colin Munro plays a shot during a warm up World T20 cricket tournament match between New Zealand and Sri Lanka at The Wankhede Cricket Stadium in Mumbai on March 10, 2016. / AFP / INDRANIL MUKHERJEE (Photo credit should read INDRANIL MUKHERJEE/AFP/Getty Images)

पोखरा (खेलाडी न्युज)- सी मुनरोको नटआउट ४९ रनको योगदानमा न्युजिल्याण्डले भ्रमणकारी टोली पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १०६ रनको लक्ष्यलाई न्युजिल्याण्डले २५ बल बाँकी छदै पुरा गरेको थियो ।

मुनरोलाई टेलोरले नटआउट २२ रनले साथ दिदैं जितसम्म डोहोर्याए । ब्रसले पनि महत्वपूर्ण योगदान दिने क्रममा २६ रन हिर्काएका थिए । गुप्टिल र फिलिप्सलाई २ र ३ रनमै गुमाएर दवामा रहेको न्युजिल्याण्डको इनिङ्सलाई ब्रसले केही उकासे । तर उनी पनि आउट भएपनि भने मुनरो र ब्रसले सम्हाल्दै पहिलो टि —२० आफनो पक्षमा पारे ।
टस जितेर व्याटिङमा उत्रिएको पाकिस्तानले दुईबल बाँकी छदाँ सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

बाबर अजामले ४१ र हसन अलिले २३ रनको योगदान गरे । तीन व्याट्सम्यान शून्य रनमै रहे । अन्य व्याट्सम्यानहरु भने दोहोरो अंकको स्कोर बनाउटबाट चुके । उमर अमिन, सादब खान र रईस(नटआउट) शून्य रनमा रहे । सारेन्स र टिजी साउथेले ३—३ विकेट लिएका थिए । न्युजिल्याण्डले तीन खेलको सिरिज १—०ले जित्दै अग्रता लिएको छ ।
एजेन्सीको सहयोगमा