टाईसिटविहीन गोल्डकप, आज धरानले सिक्कमसँग खेल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७४ मा प्रकाशित


Dharan FC player tries to dribble past the defender of Udisa Fawo Academy of India during Pokhara Cup football tournament at Pokhara Stadium on Tuesday, April 19, 2016. Photo: Rup Narayan Dhakal

धन बस्नेत, पोखरा –पुर्वमा इटहरी गोल्डकप चलिरहेको छ । केहीदिन अघिमात्रै सुदुर पश्चिमको खप्तड गोल्डकप सकिएको थियो । राष्ट्रिय लिग नभएपनि मोफसलका शहरमाा आयोजित फुटबल प्रतियोगिताले खेलाडीलाई व्यस्त बनाईरहेको छ ।
आहाको १६ औं सस्करणमा आईपुग्दा सहारा क्लबले प्रतियोगिताको खेल तालिका बनाउन सकेको छैन् । फुटबलमा विना खेल तालिका खेल सम्भव पनि हुदैन् । तालिका अनुसार नै क्लबको उपस्थिति हुने गरेको छ । तर खेल तालिका नभएकै अवस्थामा सहाराले इटहरी गोल्डकपलाई आधार मात्रै खेल तालिका बनाउँदै आएको छ । क्लबका उपाध्यक्ष समेत रहेको केशव बरालले कार्यक्रमको उदघाटन समारोहमै इटहरी गोल्डकपकै कारण खेल तालिका बनाउन नसकिएको प्रष्टयाएका थिए ।
इटहरी गोल्डकपबाट बाहिरिने टोली पोखरा आईपुग्ने छ । त्यही अनुसार क्लबले खेल तालिका बनाउँदै आएको छ । त्यसैले गोल्डकपको दोस्रो दिन धरान र सिक्किमको खेल तालिका बनाएको हो । खेल तालिकाविहीन भएको यो पहिलो यो । तर क्लबलाई निमन्त्रणा गर्दा त्यही अनुसार बोलाउनुपर्ने हुन्छ । तालिकाविहीन हुदाँ हचुवाकै भरमा क्लब बोलाउनुपर्ने बाध्यता आयोजक सहारालाई परेको छ ।
आजको खेल
आहा रारा गोल्डकपको दोस्रो दिन पुर्वेली टोली धरानले सिक्किम युनाईटेडसित खेल्ने छ । धरान फुटबल क्लबकै सिको गर्दै सहाराले थालेको गोल्डकपमा भने धराने टोलीको यो १३ औं सहभागिता हो । सिक्किमे टोलीको भने यो दोस्रो उपस्थिति हुने छ ।
१२ औं सस्करणसम्म पोखराको यात्रा गरेको धरान दुई पटक क्वाईटरफाईनलसम्म यात्रा तय गरेर धरान फर्किएको छ । अन्य बाँकी सहभागितामा भने धरान फुटबल क्लब पहिलो खेलबाटै बाहिरिएको थियो । आहा राराको १२ औ सस्करण र १५ औं सस्करणमा धरान क्र्वाटरफाईनल प्रवेश गरेको हो । सिक्किम युनाईटेड भने गत वर्षको सस्करणमा आयोजक सहारा क्लबसित क्र्वाटरफाईनलमा पराजित हुदैं बाहिरिएको थियो । तर आयोजक हिजो सुदुरपश्चिमसँग पराजित हुदैं उपविजेताको शाखलाई जोगाउनै सकेन् ।
मोफसलको फुटबल विकासमा अहोरात्र खटिएको धरान फुटबल क्लब मोसफलमा सफलता हासिल गर्न सकेको छैन् । त्यसमा पनि पोखरामा अझ प्रभावशाली प्रदर्शन गर्नबाट चुकिरहेकोछ । यद्यपी आजको खेलले धरानलाई आफनो लामो उपस्थितिलाई अझ गहकिलो बनाउने ध्याउन्नमा हुने छ ।