अष्ट्रेलियन ओपनमा इतिहास कोर्दै चुङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७४ मा प्रकाशित


chung went to semifinal in australian open 2018

एजेन्सी(खेलाडी न्युज)- दक्षिण कोरियन खेलाडी ह्युन चुङ अष्ट्रेलियन ओपनको सेमिफाईनलमा पुग्दै इतिहास कोरेका छन् । २१ वर्षिय चुङले बुधबार विहान टेन्निस साण्डग्रेनलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल समिकरण पुरा गरेका हुन् ।

चुङले ९७ औं बरियताका अमेरिकन २६ वर्षिय खेलाडी साण्डग्रेनलाई ६—४, ७—६(५), ६—३ को सेटमा पराजित गर्दै अन्तिम चारमा सुरक्षित गरेका हुन् । चुङले ४०—० को अवस्थामा गेमलाई उल्ट्याउँदै खेल आफनो पक्षमा पारेका थिए । चुङले चौथो बरियताका अलेक्जण्डर जर्भ र १४ औं स्थानका छैटौं पटक अष्ट्रेलियन ओपन विजेता सर्वियाका नोभाक जोकोभिचलाई पराजित गरेका थिए । चुङले फाईनल प्रवेशको लागि रोजर फेडेरर र थोमस बर्डीच बीचको विजेतासँग खेल्ने छन् ।