२० औं ग्राण्डस्लामको खोजीमा फेडेरर, उपाधिको लागि मरिन स्लिकसँग भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १२ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- ३६ वर्षिय स्वीस रोजर फेडेररले वर्षको पहिलो ग्राण्डस्लाम उपाधि नजिक पुगेका छन् । अष्ट्रेलियाको रड लेभर एरिनामा १ घण्टा २ मिनेट खेल्दै अष्ट्रेलियन ओपनको फाईनलमा पुग्दा पहिलो पटक सेमिफाईनल पुगेका कोरियन खेलाडी ह्युन चुङ भने खुट्टामा चोटको पीडाले खेल त्याग गरे । फेडेररले मेलर्बनमा १३ औं पटक सेमिफाईनल खेल्ने क्रममा उनले छैटौं पटक जिते ।

पहिलो पटक सेमिफाईनल यात्रा तय गरेका दक्षिण कोरियन ह्युन चुङ अष्ट्रेलियन ओपनको यात्रा दुखद रुपमा टुग्याएका छन् । दोस्रो सेट खेलिरहँदा २१ वर्षिय चुङ बायाँ खुट्टाको फिलामा पीडा बोधभएपछि खेल त्यागेका थिए । सेमिफाईनल पुग्ने पहिलो कोरियन खेलाडी बनेका उनले छ पटकका अष्ट्रेलियन ओपन च्याम्पियन नोभाक जोकोभिच र अलेक्जण्डर जार्भलाई पराजित गर्दै सेमिफाईनलसम्म पुगेका थिए । पहिलो सेट ६—१ ले गुमाएका चुङ दोस्रो सेटमा ५—२ ले पछि परेका थिए ।

टेनिसकै सवैभन्दा पाको खेलाडीको रुपमा रहेको फेडेरर करियरको २० औं ग्राण्डस्लाम नजिक छन् । सन २००९ मा अष्ट्रेलियन ओपनकै फाईनलमा फेडेरर राफल नाडालसँग पराजित भएका थिए । त्यो हारको पीडालाई अहिले भुलेका छन् । फेडेररले अष्टे«ेलियन ओपन ट्रफीको लागि ६ औं स्थानमा रहेका मरिन स्लिकसँग खेल्ने छन् । स्लिकको सातौं अष्ट्रेलियन ओपनमा फाईनलिष्ट हुन् । गत वर्ष विम्बल्डन च्याम्पियनमा फेडेररसँग फाईनल भिडेका स्लिक फिलाको चोटले पिरोलिएका थिए । उनले पीडाकै अवस्थामा नाडाललाई पराजित गर्दै फाईनलसम्मको यात्रा तय गरेका थिए ।
एजेन्सीको सहयोगमा