सन्दीप २० लाखमा बिके, अफगानिस्तान स्पीनरको मूल्य चार करोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरीद गरेको छ । अक्सनको २७६ औं स्थानमा रहेका उनलाई अक्सनको तेस्रो चरणमा दिल्लीले बोली लगाएको हो । उनको शुरुवाती मूल्य नै २० लाख रहेको थियो । १८ वर्षिय लामिछाने यु—१९ का कप्तान समेत हुन् ।
अफगानिस्तानका १६ वर्षे अफ स्पीनर मुजिब जाद्रनलाई चार करोड तिर्दै पन्जाबले भित्र्याउँदा सबै छक्क परेका छन् । १९ वर्षिय भारतीय खेलाडी शिवम माभि ३ करोडमा विक्री भए । उनलाई कोलकोत्तोले खरीद गरेको हो । अक्सनको दोस्रो दिन पहिलो राउण्डमा चार जना विदेशी खेलाडीलाई खरीद गर्दा दोस्रो राउण्डमा केवल एकजना मात्रै विदेशी खेलाडीलाई मूल्य लगाईयो । केरलाका २१ वर्षिय वाशिंटन सुन्दरलाई बैगलोरले ३ करोड २० लाखमा खरीद गरिदियो । उनी अलराउण्डर हुन् । २० वर्षिय श्रीभत्स गोश्वामीलाई हैदराबादले एक करोडमा खरीद गरेको छ ।