नेपाली दुई फुटबल खेलाडी आईलिगमा, क्रिकेटर आईपिएलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— नेपाली दुई फरक खेलका तीन खेलाडी भारतीय क्लब तथा फ्रेन्चाइज कम्पनीमा आवद्ध भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मिनरेभा पन्जाबसँग आवद्ध हुदैं भारतीय फुटबलको सर्वश्रेष्ठ प्रतियोगिता आईलिग(इण्डीयन लिग) खेलिरहेका छन् । उनले डेब्यु पनि गर्दै जितको हकदार बनिनसकेका छन् । अर्का फुटबल विमल घर्तीमगर मोहन बगानसँग सम्झौता गरेका छन् । यद्यपी उनी अहिले नेपालमा विभिन्न शहरमा चलिरहेको नकाउट फुटबल प्रतियोगितापछि मात्रै मोहन बगान पुग्ने छन् ।रण चेम्जोङ र विमल घर्तीमगरको सम्झौता रकम भने उल्लेख गरिएको छ । त्यसअघि पोखराका अनिल गुरुङ आईलिग सिलोङ लाजोङ क्लबमा आवद्ध भएका थिए ।

नेपाली क्रिकेटको इतिहासमा सन्दीप लामिछाने भारतीय प्रिमियर लिग (आईपिएल) खेल्ने पहिलो खेलाडी समेत बने । राष्ट्रिय टोलीका सदस्य समेत रहेका सन्दीपलाई दिल्ली डेयर डेभिल्सले २० लाख रुपैयामा खरीद गरेको हो । अक्सनको दोस्रो दिनमा तेस्रो चरणमा मात्रै उनी दिल्लीमा आवद्ध हुदैं नयाँ इतिहास बनाएका हुन् । अघिल्लो वर्ष शक्ति गौचन राजस्थान रोयल्समा ट्रायलको लागि गएका थिए ।  सन्दीप लामिछाने भारतीय प्रिमियर लिग(आईपिएल) दिल्ली डेयर डेभिल्समा आवद्ध भएसँगै ललितपुर पेट्रियट्सले हार्दिक आभार प्रकट गरेको छ । गत महिना काठमाडौंमा आयोजित एभरेष्ट प्रिमियर लिगमा ललितपुरबाट खेलेका सन्दीपलाई दिल्लीले २० लाख(बेस प्राईस)मा खरीद गरेपछि ललितपुर पेट्रियट्सका अध्यक्ष किशोर महर्जनले हार्दिक आभार प्रकट गरेका छन् ।