चेल्सीद्वारा न्यु क्यासल पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १४ गते २०७४ मा प्रकाशित


एजेन्सी— इग्ंिलस फा कप अन्तर्गत चेल्सीले न्यु क्यासललाई ३—० गोलले पराजित गरेको छ । आईतबार साँझ भएको प्रतिस्पर्धामा पहिलो हाफुमा दुई र दोस्रो हाफमा एक गोल गर्दै चेल्सी न्यु क्यासलमाथि हावी भयो ।
मिचे बाटसुएयीले ३१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । उनले व्यक्तिगत दोस्रो गोल ४४ औं मिनेटमा गरे । मार्कस एलोन्सोले दिएको पासलाई डिबक्सबाट दायाँ खुट्टाले हानेको सुट सिधै पोष्टभित्र जाली हल्लाउन पुग्यो । पहिलो हाफ हुन एक मिनेट बाँकी छदाँ उनले नै दोस्रो गोल थपे । इडेन हजार्डले मिलाईदिएको पासलाई बायाँ कर्नर च्याप्दै गोलमा परिणत गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो ।

७२ औं मिनेटमा चेल्सीले अग्रतालाई फराकिलो बनाउने क्रममा मार्कस एलोन्सोले फ्रिकिकलाई सदुपयोग गरे । हेनरी सायभेटले फउल गरेपछि चेल्सीले फ्रिकिको अवसर पाएको थियो । एलोन्सोले बाँयाँ खुट्टाले हानेको सुटलाई क्रसबारको दायाँबाट बल पोष्टभित्र छिरेको थियो । खेलको ५६ औं मिनेटमा चेल्सीले अवसरलाई गुमाउन पुग्यो । डेविड जाप्पाकोष्टाले दिएको क्रस बललाई एलोन्सोले हानेको प्रहारलाई बचाउ गरेका थिए । ५५ औं मिनेटमा न्यु क्यासलले पनि अवसरलाई सदुपयोग गर्न सकेन् । हेनरीले डिबक्सबाट प्रहार गरेको बल बाहिर गएको थियो ।