एथलेटिक बेल्बाओको सेन्टरव्याक लार्पोटेलाई भित्र्यायो सिटीले

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १६ गते २०७४ मा प्रकाशित


एजेन्सी—तीन हप्ते कुराकानीपछि म्यानचेष्टर सिटीले एथलेटिको बेल्बाओबाट खेलाडी स्थानान्तरण गर्न सफल भएको छ । एथलेटिक बेल्बाओका सेन्टर व्याक डिफेन्स २३ वर्षिय एमेरिक लार्पोटेलाई भित्रयाएको हो । उनको क्लबसितको रिलिज क्लज पुरा गर्दै सिटीले ५७ मिलियन पाउण्डमा भित्रयाएको हो । दुई वर्षअघि वल्सबर्गबाट केभिन डी ब्रुनेलाई भन्दा बढी रकम तिरेको हो । यो ट्रान्सफरको नयाँ रेकर्ड पनि हो । उनलाई ५५ मिलियन पाउण्डमा भित्र्याईएको थियो ।

उनले आउँदो शनिबार बर्नलेसितको प्रतिस्पर्धामा सिटीको जर्सीमा मैदानमा देखिने सम्भावना बढी छ । ‘म यहाँ आउँदा निकै खुशी छु’ लार्पोटेले सिटीको अधिकारिक वेभसाईटलाई भने—‘पेप ग्वार्डिओलाको अण्डरमा रहेर क्लबको उपब्लधी हासिल गर्नको लागि सहयोग गर्न चाहन्छु । ’ पेप ग्वार्डिओलाले भने —‘ उनी सकारात्मकको लागि सक्षम रहेको बताउँदै उनी आफनो प्रभाव देखाउन चाहन्छन् ।’ उनी क्लबसँग पाँच वर्षे सम्झौता गरेका छन् । २०२३ सम्म सिटीको जर्सीमा देखिने छन् । लार्पोटे एथलेटिकको युवा उत्पादन हुन् ।