विश्वासकोे ह्याट्रिक, थ्री स्टार आहाको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- निरसपूर्ण खेल जित्दै रुस्लान थ्री स्टार आहा रारा गोल्डकपको १६ औं फाईनलमा प्रवेश गर्दा पाहुना टोली उत्तर बरिन्धरा क्लबले बंगलादेश प्रस्थानको टिकट काट्यो । बुधबारको पहिलो सेमिफाईनल खेलमा रुस्लानले बरिन्धरामाथि ५—० को फराकिलो जित निकाले पनि आत्मसन्तुष्टीको खेल भने दर्शकले हेर्न पाएनन् । १६ औं आहा राराको संस्करणमा पहिलो ह्याट्रिक गर्ने सौभाग्य भने थ्री स्टारका विश्वास श्रेष्ठले पाए । उनी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् ।

पहिलो हाफ हुनु पाँच मिनेट अघि रुस्लान थ्री स्टारले बरिन्धराको पोष्टमा गोल वर्षाउन शुरु ग¥यो । ४१ औं मिनेटमा घरेलु मैदानमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खडेरी तोड्यो । बुद्ध चेम्जोङले सिक्सयार्ड बक्सभित्र दिएको पासलाई गुरुङले गोल गर्दै अग्रता दिलाए । यद्यपी त्यसभन्दा अघिसम्म बरिन्धराले गोल रोक्ने प्रयासमा मात्रै जुटिर्ह्यो । विश्वास श्रेष्ठको पासमा निराजन खड्काले ४५ औं मिनेटमा थ्री स्टारको लागि दोस्रो गोल गरे । अर्को खेल भने ४५+१ मिनेटमा निराजन खड्काको पासमा विश्वासले गरे ।

पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप दुई गोल गर्न केही समय खर्चियो । निराजनले मिलाईदिएको पासलाई विश्वासले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । निराजनकै पासमा विश्वासले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । ७५ औं मिनेटमा म्यान अफ दि म्यााच विश्वासले खड्काले दिएको वान टच ‘वाल पास’ मा गोल गरेका थिए । पोखराको मैदानमा आयोजित गोल्डकपको पहिलो अनुभव सगाँल्ने अवसरको रुपमा लिदैं बरिन्धरा टोली गोलको भारी बोकेर फर्कियो । बरिन्धराले थ्री स्टारको पोष्टमा गतिलो मुभ बनाउने अवसर नै खासै पाएन् ।

लाईनअपमा केवल १२ जनाको मात्रै नाम थियो । एक जना बैकल्पिक खेलाडी बेन्चमा थिए । तर पनि बरिन्धराले ९० मिनेट खेलाडी परिवर्तन खेल टुग्यायो । खेलाडी घाईते भएपनि खुट्टा खोज्याउँदै ९० मिनेटको समय व्यतित गरे । दुई अफ्रिकन खेलाडीले सुदुरपश्चिमसँगको खेलमा रातो कार्ड खाँदै बाहिरिनु नै उनीहरुको लागि निकै दुर्भाग्य बन्यो । एउटा अफ्रिकन खेलाडी रहेपनि मैदानमा बरिन्धराले उतारेन् । केवल गोल रोक्ने प्रयासमा मात्रै जुटिरहेको उत्तर बरिन्धराले थ्रीस्टारको गोलपोष्टमा गतिलो प्रहार भने गर्न सकेन् । त्यसैले पनि थ्रीस्टारले आफनो पहिलो रोजाईको गोलकिपर एलन न्यौपानेलाई आराम दिन मैदान बाहिर ल्याईयो । यद्यपी अघिल्लो दिन नभित्रयाएको अफ्रिकन खेलाडीलाई थ्रीस्टारले केही समय भने अजायी मार्टिनलाई मैदान छिराउँदै खेल्ने अवसर प्रदान ग¥यो । बिहीबारको दोस्रो सेमिफाईनल खेल धरान फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने छ ।