डर्टमुण्डका स्ट्राइकर अवामेयाङ अब आर्सनलको जर्सीमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


एजेन्सी)— स्वान्सी सिटीसँग पराजित भएको आर्सनलले एलेक्स सान्चेजको अभाव पूर्ति गर्न बोरुसिया डर्टमुण्डका स्ट्राइकर पाईरे इमरिक अबामेयाङलाई भित्रयाएको छ । आर्सनलले अबामेयाङलाई ५६ मिलियन पाउण्डमा भित्र्याउँदै जनवरी ट्रान्सफरको अन्त्य गरेको छ । उनले डर्टमुण्डमा बसेर चारवर्ष विताउँदै लण्डन आएका हुन् ।

उनलाई आर्सनलले हप्तामा १८ लाख पाउण्ड पारिश्रमिक दिने छ । २८ वर्षिय अबामेयाङले विभिन्न प्रतियोगितामा ७९ गोल गरिसकेका छन् । इंिग्लस प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनलले प्रशिक्षक आर्सेन वेङ्गरको प्रशिक्षकत्वमा गतसाता मात्रै फा कपको तेस्रो राउण्डमा हार भने पहिलो पटक हार व्यहो¥यो । उता आर्सनलले अवामेयाङलाई भित्र्याएपछि अर्का स्ट्राइकर ओलिभर जिराउड भने चेल्सी जाने सम्भावना छ ।