हार्डेनले जोडे एकै खेलमा ६० अंक, तोडियो ४० वर्षको इतिहास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


history in NBA

एजेन्सी— १९७८ मा केल्भिन मर्फीले बनाएको ५७ स्कोरको रेकर्डलाई तोड्दै जेम्स हार्डेनले एकै खेलमा ६० अंकको जोड्दै नयाँ इतिहास कोरेका छन् । नेशनल बास्केटबल एशोसियसन(एनबीए)को इतिहासमा एकै खेलमा ६० अंक (डबल र त्रिपल प्वाईन) जोड्दै ४० वर्षे पुरानो इतिहासलाई तोडेका हुन् ।

उनकै ६० अंकको योगदानमा होस्टन रकेट्सले ओरलाण्डो म्याजिकलाई ११४—१०७ अंकले पराजित गरेको छ । हार्डेनले चौथो क्र्वाटरमा १८ व्यक्तिगत अंक जोड्ेका थिए । खेल १०७ अंकको बराबरीमा रहँदा हार्डेनले ६ अंक (बास्केट) गर्दै ११३—१०७ बनाउँदै जितको नजिक पुर्याएका थिए । ४५ सेकेण्ड बाँकी छदाँ उनले फ्रि हिट हान्ने अवसर पाए । उनलाई मारियो हेजोन्जाले फउल हानेपछि  फ्रि हिट हान्ने अवसर दिईयो । त्यसलाई बास्केट गर्दै एक अंक जोड् । र अन्तिम स्कोर ११४—१०७ अंकसहित खेल होस्टनले जित्यो । उनको अन्तिम प्वाईन्टले इतिहास लेखियो ।