दोस्रो अभ्यासमा नेपालको फराकिलो जित, सन्दीपले लिए चारविकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज) – युएईको भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा  निकालेको फराकिलो जितले थप अत्मविश्वासी बनेको छ । अघिल्लो दिन २५ रनको झिनो तर रोमाञ्चक जितले अग्रसर भएको नेपाली टोलीले बुधबारको दोस्रो दिनको मैत्रीपूर्ण खेलमा १९३ रनको फराकिलो जित आत्मसात ग¥यो ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी) विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको टोलीले युएई ए नेपाली उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको व्यक्तिगत रन भन्दा पनि कम रनमा समेटिएको थियो । सधैं खराब लयमा देखिने नेपाली व्याट्स म्यान भने आज उत्कृष्ठ प्रदर्शन देखियो । उपकप्तान ज्ञानेन्द्र मल्लले १५४ रनको पारी खेले ।

नेपालले निर्धा्रित ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार गर्दै लक्ष्य पछ्याउन व्याटिङको निम्तो दिएको थियो । ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ३१ बलमा १ सय ५४ रनको उत्कृष्ट पारी खेलेपछि खराब लय छायाँ प¥यो । पहिलो विकेटका लागि दिलिप नाथसँग मिलेर १ सय ४२ रनको साझेदारी गरे। दिलिप ६४ रनमा पभेलियन फर्किए । अनिल साहले १४ रन र दिपेन्द ऐरीले ३४ रन बनाउँदै आउट भएका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले पनि ज्ञानेन्द्रको राम्रो साथ दिएका थिए । उनले ४१ रन जोड्दै चौथो विकेटका लागि ८१ रनको साझेदारी बनाएका थिए । आरिफ अविजित रहे । अघिल्लो दिन १६ बलमा ३५ रन बनाएका करन केसी ५ रनमै पवेलिय फिर्ता भए ।

३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट भयो । युएईलाई सस्तैमा रोक्न आइपिएल टोली दिल्ली डेरडेभिल्समा आबद्ध लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र शक्ति गौचनले पनि एकएक विकेट लिएका थिए भने पारस खड्काले २ विकेट लिए । युएईका लागि मोहम्मद कसिमले सर्वा्धिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने राम्रो योग्दान दिन सकेनन् । कसिम सन्दिपकै बलमा एलबिडब्लुको शिकार भएका थिए । नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल शुक्रबार खेल्ने छ ।

photo by- Raman Shiwakoti