मैदानमा गाँसिएको प्रतिष्ठा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०७४ मा प्रकाशित


धन बस्नेत-
जीवनमा अनेक मोड आउँछन् । ती अनेक मोडले जीवनको बाटो पनि परिवर्तन गराईदिन्छन् । सुखद अथवा दुखद दुवै खाले घटनाले नयाँ रुप दिन्छ । त्यही नयाँ रुपलाई सारमा ल्याएर संघर्ष गर्नुपर्ने अवस्था आउँछ । संघर्ष विना सफलता पनि पाईदैन् । सबैखाले मानिसले आफनो अस्थित्वको लागि संघर्ष गरिरहेको हुन्छ ।संघर्षले केहीको पहिचान बन्छ भने केही संघर्षकै समयमा विलीन हुन्छन् ।

उमेरमै हुन्छ संघर्ष । संघर्ष गर्दा गर्दा शारीरिक र मानसिक रुपमा पनि फिट हुने गर्छ । शारीरिक र मानसिक रुपमा दरिलो नभई गरिएको संघर्ष औचित्यहीन सावित हुन्छ । त्यसैले होला ४१ वर्षको उमेरमा पनि लब खत्री नियमित कठिन परिश्रममा जुटिरहन्छन् । नेपाली फुटबलमा नियमित कुदिरहनेमा उनको नाम अग्रपंक्तिमा आउँछ । भन्छन्—‘जीवनको रफ्तार बढ्दै गएको छ ।’

हुन त उमेर व्यायाम गर्ने समय हो । चालिस नाघेपछि सामान्यतया विभिन्न रोगको संक्रमण देखिन थाल्छ । तर उनको नियमित कुदाईले युवा खेलाडी भन्दा पनि सक्रिय बनिरहेका छन् । रोगको संक्रमण उनीभन्दा धेरै टाढा छ । मैदानमा खेलाडी भन्दा पनि बढी दौडिनुपर्ने नियमितता उनको छ । त्यसैले शारीरिक रुपमा फिट छन् अनि मानसिक रुपमा पनि ।
नेपाली फुटबलमा उनको पहिचान बेग्लै छ । जब मैदानमा अफिसियलको जर्सीमा उत्रिन्छ तब फुटबलर पनि केही बेर सोच्न बाध्य हुन्छन् । सामान्य गल्तीलाई पनि उनले माफी दिदैनन् । मैदानमा हिटलर भन्दा पनि बढी कठोर बनेर निर्णय गर्नुपर्छ । त्यही निर्णयले कतिपयले सायद हिटलरको संज्ञा पनि दिएका होलान । ‘आधा सेकेण्ड भन्दा पनि कम समयमा डिसिजन गर्नुपर्छ । कहिले काँही मिष्टेक हुदाँ सच्याईहाल्नुपर्छ अन्यथा परिस्थिति असामान्य बन्न जान्छ ।’ उनी अनुभव सुनाउँछन्—‘कहिले काँही देखिदैन् । त्यस्तो अवस्थामा खेलाडी तथा प्रशिक्षकले दोष लगाउँछन् ।’
…………
फुटबलमा उनले आफनो भविष्य देखे । त्यसैले फुटबल खेल्न होमिए । शुरुवात भयो फ्रेण्ड्स क्लबबाट । त्रिभुवन च्यालेन्ज कपबाट उनले व्यवासियक फुटबल थाल्दा उनको शरीरमा फ्रेण्ड्सको जर्सी थियो । २०४८ सालमा भएको च्यालेन्ज ट्रफी एवं बर्ड डे कपमा उनले नेपाली फुटबलमा डेब्यु गरेपछि विस्तारै दायरा फराकिलो बनाए ।
त्यसपछि उनी आफनो भविष्य जावलाखेल युथ क्लबमा देखे । फ्रेण्ड्सबाट ट्रान्सफर हुदैं जावलाखेलबाट ए डिभिजन लिगको अनुभव सँगाले । त्यहाँबाट पनि थ्रीस्टारमा आइपुगे । ललितपुरको कुसुन्तीमा जन्मिएका खत्रीले जिल्लाबाट विभिन्न क्षेत्रीय प्रतियोगितामा समेत उनले उपस्थिति जनाए । हेल्गर ओभरम्यान यु १६ प्रतियोगिता च्याम्पियन टिमको महत्वपूर्ण खेलाडी बनेका थिए ।
सन १९९७ मा उनको भविष्य फुटबलबाट अफिसियलमा परिचित हुन पुग्यो । भारतको सिलगुढीमा देशबन्धु क्लबबाट ‘सिलगुढी लिग’मा मैदान उत्रिएका थिए । मैदानमा उनी गम्भीर घाईते भए । घाईते भएपछि उनी खेलाडी बनेर मैदानमा उत्रिने सपनालाई थाँती राखिदिए । जीवनको त्यो मोडले उनलाई खेलाडी होईन अफिसियल बन्न टेवा पु¥यायो । अफिसियल हुदैं अहिले नेपाली फुटबलका सबैभन्दा समक्ष अफिसियलको रुपमा चिनिन्छन् ।
…………
खत्रीले २०५८ सालमा अफिसियलको तालिम लिए । २००५ मा एएफसी एलिट रेफ्री कोर्ष बंगलादेश गरेपछि औपचारिक रुपमा अफिसयलको जर्सीमा देखिन थालेका थिए । सन २००८ मा फिफा रेफ्रीको तालिम लिएपछि उनी नेपालका सक्षम अफिसियलको रुपमा चिनिएका छन् ।
राजधानी र मोसफलका शहरमा उनले मैदानमा दौडिएको मापन गर्ने हो नेपाल सयौं पटक परिक्रमा भईसकेको छ । २०६० सालदेखि ए डिभिजन लिग खेलाउन थालेका उनले एक दशक विताईसके । यद्यपी शरीरमा पुरानै फुर्तिलोपना छ । मोफसलको आहा गोल्डकप, सफल पोखरा कप, धरानको बुढासुब्बा गोल्डकपमा उनको उपस्थिति अनिवार्य जस्तै छ । एनसेल कप, बुटबलको तिलोत्तमा गोल्डकप, सिमरा गोल्डकप एवं राष्ट्रियस्तरका ठूला प्रतियोगितामा उनले अफिसियलको जिम्मेवारी निभाईरहेका छन् ।
सन २००९ मा कलकत्ता मोहन र चर्चिल ब्रदर्श बीचको फाईनल प्रतिस्पर्धा समेत उनले खेलाएका थिए । सन २०१३ सालमा भुटानमा सम्पन्न किंग्सपक मनाङ मस्र्याङदी र एजिन एफसी भुटान बीचको फाईनल खेल समेत उनले खेलाउँदै अन्तराष्ट्रिय छवि बनाईसकेका छन् ।
पोखराकै मैदानमा वर्षेनी दुई पटक आइपुग्छन् । सफल पोखरा कप र आहा रारा गोल्डकपमा । पोखरामै भएको नेपाल र भुटान बीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल,पाकिस्तान र श्रीलंका बीचको प्रधानमन्त्री कप सन २००८, पाकिस्तान र नेपाल बीचको मैत्रीपूर्ण खेल, मोहन बगान र नेपाल प्रहरी बीचको खेल समेत उनले खेलाईसकेका छन् ।
खेलाडीदेखि अफिसियलसम्मको भूमिका निर्वाह गर्दा उनलाई पारिवारिक सहयोग पनि उत्तिकै छ । ‘परिवारको सहयोग विना केही पनि गर्न सकिन्न ।’ उनी थप्छन्—‘त्यसैले घरपरिवारको सहयोग नै मेरा लागि महत्वपूर्ण छ ।’ स्नातकसम्मको अध्ययन सकेका उनी पढाई भन्दा ज्यादा ध्यान खेलकुदमा पु¥याउँथे । सादा जीवन उच्च विचारको खत्री खानामा भने खासै नाईनास्ती गर्दैनन् । यद्यपी उनलाई नेपाली दालभात तरकारी नै प्रिय लाग्छ । घुम्नको लागि पोखरा, संगीतको हकमा लोकदोहोरी, विदेशी खानेकुरामा पिज्जा उनको मनपर्ने बस्तुचित्र पर्छन् । र अन्त्यमा उनले आफनो रेफ्रीको जीवनलाई पुसको पहिलो साता नै सन्यास लिदै विश्राम लिएका छन् ।
राजन पौडेलको सहयोगमा