पुस २४ गतेदेखि नदीपुर सेभेन ए साईड फुटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०७४ मा प्रकाशित


खेलाडी न्युज पोखरा २३ पुष ।
नदीपुर क्लवको आयोजनामा हुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । नदीपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक निशान शेरचनले जानकारी दिए ।

नदीपुर क्लब जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहेको खेल संयोजक शेरचनले जानकारी दिए । उनकाअनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४ देखि २९गते सम्म नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्तगर्ने क्लबका कोषध्यक्ष अमन पुनले बताए । उनका अनुसार प्रत्येक खेलमा एक जनालाई म्यन अफ दिम्याचको रुपमा पुरस्कृत गरिनेछ ।

साथै प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरलाई मेडल, ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।