पाकिस्तानमा पाँचौ नेत्रहीन क्रिकेट प्रतियोगिता, ट्रफी सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०७४ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)—पाकिस्तानमा पाँचौं नेत्रहीन क्रिकेट हुदैै छ । पाँचौ सस्करणको ट्रफी समेत सार्वजनिक गरिएको छ ।  पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा आज सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले संयुक्त रुपमा विश्वकपको ट्रफी सार्वजनिक गरे ।

ट्रफी सर्वाजनिक समारोहमा भारतीय टोलीको उपस्थिति भने भएन् । भारतीय टोली दुबईमा खेल्ने जनाएको छ । भारतीय मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि दुबईमा खेल्ने तय गरेको हो । त्यसैले विश्वकप ट्रफी ३ राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछन् ।

सो अवसरमा नेपाली टोलीका कप्तानले कृतनले आफ्नो टिमले निकै संर्घष गरेर विश्वकप यात्रा तय गरेको स्मण गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले भने ‘हामी जित्नकै लागि आएका हौं । हामीले करिब ४ दिनसम्म बसको यात्रा गरेर आएका छौँ । शारीरिक रुपमा हामी निकै थकित भएका छौँ । यद्यपि, जित निकाल्न हामी संघर्षरत छौँ ।

नेपालले पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ । दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ । १३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा सावित च्याम्पियन भारतसँग खेल्नेछ । फाइनल खेल १८ जनवरीमा दुबई वा पाकिस्तानको लाहोरमा हुनेछ ।