गोल्डकपमा क्लबलाई नगदराशी, दर्शकलाई टिभी र स्कुटर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७४ मा प्रकाशित


धन बस्नेत(खेलाडीन्युज)
पोखरा, २५ पुस

आहा राराको १६औं सस्करणको पुरस्कार राशीमा बृद्धि गर्दा भाग्यमानी दर्शकले पनि स्कुटर पाउने छन् । गोल्डकपको स्तरीयतासँगै पुरस्कार राशी बृद्धि गर्दै भाग्यमानी दर्शकले यो वर्ष स्कुटर प्रदान गर्ने निर्णयमा सहारा क्लब पुगेको हो । अर्को भाग्यमानी दर्शकले भने टेलिभिजन पाउने छन् । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार १६ औं सस्करणमा दुई भाग्यमानी दर्शकले स्कुटर र टिभी पाउने छन् ।

मोसफलमा रहेर फुटबल विकासमा महत्वपूर्ण योगदान दिदैं आएको सहारा क्लबले १६ औं सस्करण विजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गर्ने छ । जुन अघिल्लो वर्षको भन्दा २ लाख रुपैयाँ बढी हो । उपविजेताले तीन लाख ५१ हजार रुपैयाँ पाउने छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितालाई प्रायोजित रकम समेत बढाएको छ ।

तीन विभागिय, दुई विदेशी र ए डिभिजनका क्लब, मोफसलको तीन र आयोजक क्लब गरी १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, धरान फुटबल क्लब, सुदुर पश्चिम ११ स्पोर्टिङ क्बल, युनाईटेड सिक्किम भारत,उत्तर बरिन्धरा क्लब बंगलादेश, रमपम झापा ११ र आयोजक सहारा क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा रंगशालाका दर्शक प्यारापिट भत्काईएको छ । भिआईपी प्यारापिट पनि भत्काउने तयारी गरिएको छ । सहाराका अध्यक्ष थापाका अनुसार दर्शकलाई ध्यानमा राखी १ हजार क्षमताका अस्थायी प्यारापिट निर्माण गरिने छ । ‘यो वर्ष खर्च विगतको भन्दा पक्कै बढ्छ ।’ अध्यक्ष थापाले भने । भत्काईएको प्यारापिट माघ २ गतेसम्म क्लियर गरिदिएपछि प्यारापिट निर्माण गरिने छ ।

सहारा क्लब अष्ट्रेलियाले दोस्रो पुरस्कार प्रायोजन गरेको छ । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले उत्कृष्ठ पाँच विधाको पुरस्कार प्रायोजन गरेको छ । हिरो ड्यासले सर्वोत्कृष्ठ पुरस्कार स्वरुप स्कुटर प्रदान गर्ने छ । सनराईज ड्राइभिङ स्कुल प्रालिले सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन गरेको छ । प्रदेश सांसद राजीव गुरुङ(दिपक मनाङ्गे)ले प्रतियोगितालाई ५० हजार आर्थिक सहयोग गरेका छन् ।