माघे संक्रान्ति मेलामा कराँते प्रतियोगितामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७४ मा प्रकाशित


खेलाडी न्युज
पोखरा, २५ पुस-

ऐतिहासिक धार्मिकस्थल ढुंगेसाँघुको मेलामा १७ औं माछापुच्छ«े फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता हुने भएको छ । आईएनएफ हरियो खर्क अस्पतालको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुने छ । पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

क्योकुशिन बुदोकाई कराँते संघका अध्यक्ष इन्जिनियर धर्मराज कोईरालाले नेपाली सेना तथा सातै प्रदेशका संघमा आवद्ध २ सय भन्दा बढी खेलाडीले विभिन्न तौलमा भिड्ने बताए । उनका अनुसार महिला तर्फ ४०, ५० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने छ । उत्कृष्ठ खेलाडीलाई ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिने छ।

कास्कीमा कराँतेका विभिन्न डोजोमा गरी चारसयभन्दा बढी खेलाडीहरु छन् । प्रतियोगिताको लागि क्षेत्रीय खेलकुद विकास समिति पोखराले २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रतियोगिताको लागि ६ लाख ९४ हजार खर्च हुने अनुमान गरिएको छ । ७ लाख ९८ हजार आम्दानीको लक्ष्य राखिएको छ । दुईदिने प्रतियोगिताको लागि विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगिता पुस ३० गते र फाईनल ढुंगेसाँघुको मेलामा गरिने संघका पश्चिमाञ्चल प्रमुख एवं प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए ।