रुपन्देही खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७४ मा प्रकाशित


काठमाडौं, पुस २५ (खेलाडी न्युज) –
भुटानी टोलीलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देही क्र्वाटरफाईलनमा प्रवेश गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । पराजित ड्रुक स्टारका कुङ्गा रवगे र यासी दोर्जेले समान १–१ गोल गरे ।

खेलको २२ औं मिनेटमा अमर डंगोलको गोलबाट रुपन्देहीले शुरुवाती अग्रता बनाएको थियो । ३८ औं मिनेटमा अमरले नै गोल गर्दै रुपेन्देहीको अग्रता दोब्बर पार्दा पारे । दोस्रो हाफमा रुपेन्देहीले थप एक गोल गर्दा दुई गोल खान पनि पुगेको थियो । दोस्रो हाफमा सुधारिएको खेल पस्केको भुटानको ड्रुक स्टारका लागि कुङ्गा रवगेले ५८ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि ड्रुकले ६९ औं मिनेटमा अर्काे गोल खान पुग्यो । यसपटक रुपन्देहीका मनिष थपाले गोल गरे ।

खेलको इन्जुरी समयमा यासी दोर्जेले गोल गरेपनि खेल ३—२ मै सकिएको हो । दुई गोल गरेका रुपेन्देहीका अमर डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबार नेपाल एपीएफ क्लब र सिएमजी क्लब संकटाबीच खेल हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रस्पिर्धा गर्नेछ ।